भीरकोट ६ स्थित खिलुङ्ग देउराली स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको उद्घाटन ।

आँधीखोला खबर :
भीरकोट नगरपालिका वडा नं. 6 स्थित खिलुङ्ग देउराली स्वास्थ्य चौकीमा आज एक कार्यक्रम विच नगर प्रमुख छायाराम खनालले प्रयोगशाला सेवाको उद्घाटन गर्नुभएको छ । प्रयोगशाला सेवाबाट यस क्षेत्रका जनताहरुले स्वस्थ्यमा विशेष उपलब्धि हासिल गर्ने कुरा नगर प्रमुख खनालले बताउनुभयो ।

कार्यक्रम वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीको अध्यक्षतामा भएको थियो । नगर प्रमुख खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हे.अ. दिपेश नेपालीले संचालन गर्नुभएको थियो भने स्वागत सि.अ.न.मि. राधिका खनालले राख्नुभएको थियो ।
उक्त कार्यक्रममा व्यवस्थापन समिति उपाध्यक्ष विश्वनाथ अर्याल र स्वास्थ्य शाखा प्रमुख नारायण बन्धु अर्यालले प्रयोगशाला सेवालाई दिगोरुपमा संचालन गर्नुपर्ने कुरामा आफ्नो भनाई राख्नु भएको थियो ।(कमल रेग्मी, भीरकोट नगरपालिका)

समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…