भीरकोट ६ स्थित खिलुङ्ग देउराली स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको उद्‍घाटन ।

आँधीखोला खबर :

भीरकोट नगरपालिका वडा नं. 6 स्थित खिलुङ्ग देउराली स्वास्थ्य चौकीमा आज एक कार्यक्रम विच नगर प्रमुख छायाराम खनालले प्रयोगशाला सेवाको उद्‍घाटन गर्नुभएको छ । प्रयोगशाला सेवाबाट यस क्षेत्रका जनताहरुले स्वस्थ्यमा विशेष उपलब्धि हासिल गर्ने कुरा नगर प्रमुख खनालले बताउनुभयो ।

कार्यक्रम वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीको अध्यक्षतामा भएको थियो । नगर प्रमुख खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हे.अ. दिपेश नेपालीले संचालन गर्नुभएको थियो भने स्वागत सि.अ.न.मि. राधिका खनालले राख्‍नुभएको थियो ।

उक्त कार्यक्रममा व्यवस्थापन समिति उपाध्यक्ष विश्‍वनाथ अर्याल र स्वास्थ्य शाखा प्रमुख नारायण बन्धु अर्यालले प्रयोगशाला सेवालाई दिगोरुपमा संचालन गर्नुपर्ने कुरामा आफ्नो भनाई राख्‍नु भएको थियो ।(कमल रेग्मी, भीरकोट नगरपालिका)

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP