उत्पादनमा जोड दिँउ -वडा अध्यक्ष अधिकारी
भिरकोट नगरपालिका वाड नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले कृषिमा व्यवसायिकता नभई देशको आर्थिक उन्नति हुन नसक्ने वताउदै कृषकहरुलाई उत्पादनमा जोड दिन आग्रह गरेका छन् ।
जनशक्ति कफी तथा सुन्तला समूह भिरकोट ५ को १४ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा उनले कृषि क्षेत्रको विस्तार र उत्पादनका लागि नविनतम सोंच र प्रविधिको प्रयोग गर्नुपर्ने औल्याए ।
यस क्षेत्रमा कफी तथा सुन्तला उत्पादनका लागि उपयुक्त भएजस्तै स्थानीय हावापानी र प्राविधिक संभाव्यताका आधार तरकारी, अन्नवाली, फलफूल लगायतको उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिए ।
भिरकोट नगरपालिकाले एक गाँउ एक उत्पादन कार्यक्रमको अवधारणा अगाडी ल्याएको वताउदै कृषकहरु उत्साहित बनेर आफ्नो क्षेत्रको सम्भावित खेतीको पहिचान गरेर नगरपालिकामा आउन आग्रह गरेका छन् । कृर्षिवाट मात्र समृद्धि सम्भव रहेको वताउदै वडाअध्यक्ष अधिकारीले कृषकहरुलाई व्यवसायीक उत्पादनमा जोड दिन आग्रह गरेका थिए ।
कार्यक्रममा समुहकी सरिता थापा। बोधवहादुर थापा, लक्ष्मी थापा, जीतबहादुर थापा लगायतले कृषि क्षेत्रको स्तरउन्नतीमा स्थानीयतहले सहयोग गर्नुपर्ने वताएका थिए । जनशक्ति कफी तथा सुन्तला समुहका अध्यक्ष भिम बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नन्द कुमारी थापा र सन्चालन समूहकी सचिव मञ्जु थापाले गरेकी थिइन् । हिमदुत डटकमबाट
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


