महिलाहरुका लागि हस्तकला उत्पादन सम्वन्धी तालिम वालिङमा शुरु

आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ८ र वडा नम्वर १० का व्यवशायीक बन्न चाहने महिलाहरुका लागि ५ दिने हस्तकला सम्वन्धी तािलम शुरु भएको छ ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत तालिम प्रदान गरिएको हो ।

तालिमको उद्घाटन गर्दै वडा नम्वर ८ का वडा अध्यक्ष कमल प्रसाद सुवेदीले सीपलाई सही सदुपयोग गर्न सके सहजै आर्थिक उपार्जन गर्न सकिने बताउनु भएको छ । हस्तकलाका सामाग्रीको उत्पादन महिलाहरुले घरमा नै बसेर गर्न सक्ने भन्दै बजारको लागि नगरपालिकाले बिशेष पहल गरिरहेको बताउन भयो ।
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले सीप युक्त तालिम प्रदान गरि नगरपालिकामा दक्ष उद्यमी तयार गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले उत्पादित सामाग्रीलाई बजारीकरण गर्ने कार्यक्रमको महत्वपूर्ण पक्ष रहेको सो अवसरमा जानकारी गराउनु भयो । त्यस्तै दियालो संस्थाका कोषाध्यक्ष सीता डुम्रेले उद्यमी बन्न चाहने व्यक्तीहरुका लागि बिना धितो १५ लाख सम्म ऋण पाउने व्यवस्था रहेको बताउनु भयो । गरिमा विकास बैंक बयरघारी शाखाकी प्रवन्धक समेत रहनुभएकी डुम्रेले महिलाहरुलाई उद्यमी बन्ने तर्फ लाग्न आग्रह गर्दै भन्नुभयो, जोस र जागर हुने हो भने पूँजीको समस्या रहदैन ।

कार्यक्रममा दियालो शुआहारा कार्यक्रमका जिल्ला प्रवन्धक ओमसुव गुरुङ,दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे,शिल्पकौशल हस्तकला महिला सहकारीका उपाध्यक्ष कृष्ण मल्ल, सिलाई बुनाई तथा पेन्टीङ सहकारीका कोषाध्यक्ष कमला पौडेल लगायतले बोलेका थिए ।
तालिमको उद्घाटन कार्यक्रम शिल्पकौशल हस्तकला सहकारीका अध्यक्ष दुर्गा न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । ५ दिन सम्म चल्ने तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ ।

यस्तै वालिङ ७ को बन्कट्टा र १० फोक्सिङमा सुन्तला तथा कागती उत्पादन सम्वन्धी तालिम शुरु भएको छ भने वालिङ १४ को दाङ्सेमा बाख्रा पालन सम्वन्धी तालिम शुरु भएको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…