वालिङ २ र १२ मा व्यवशायीक कृषि तालिम शुरु
माघ,७ वालिङ :
वालिङ नगरपालिका वडा नम्वर २ र वडा नम्वर १२ मा व्यवशायीक सञ्चालन भएको छ । वालिङ २ मा सुन्तला तथा कागती खेती सम्वन्धी तालिम तथा वडा नम्वर १२ मा व्यवशायीक बाख्रा पालन सम्वन्धी तालिम सञ्चालन भएको छ ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत तालिम प्रदान गरिएको हो ।
वडा नम्वर २ को सुन्तला तथा कागती खेती सम्वन्धी तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष पोत प्रसाद लम्सालले व्यवशायीक सीपको सही सदुपयोग गर्न सकेमा आर्थिक रुपमा सवल बन्न सकिने धारणा राख्नुभयो । उहाँले वडाले व्यवशायीक कृषक बन्न चाहने सबैलाई वडाले सहयोग गर्ने जानकारी गराउनु भयो ।

कार्यक्रममा दियालो युएनडिपीका बजारीकरण प्रमुख गंगाधर खनालले कार्यक्रमको बारेमा जानकारी दिनुभयो । सो अवसरमा वडा सदस्य मैनादेवी कोईराला , प्रशिक्षक तथा वालिङ नगरपालिका कृषि शाखाका प्रमुख केश बहादुर थापा, दियालो युएनडिपीका कलेक्सन प्रमुख बिशाल बगाले लगायतले बोलेका थिए ।
त्यस्तै वडा नम्वर १२ मा भएको व्यवशायीक बाख्रा पालन सम्वन्धी तालिमको उद्घाटन गर्दै कार्यबाहक वडा अध्यक्ष लिलाबल्लौ न्यौपानेले बाख्रापालन व्यवशायमा पछिल्लो समय आकर्षण बढेको बताउनु भयो । उहाँले बाख्रापालन गर्दा सहजै बिक्रि हुने र राम्रो आम्दानी गर्न सकिने भन्दै व्यवशायीक रुपमा बाख्रा पालन गर्न सहभागीलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा वालिङ नगरपालिकाका कार्यपालिका सदस्य तारा बहादुर बिक, दियालो युएनडिपी नेपालका परियोजना प्रमुख राधाकृष्ण डुम्रे, व्यवशायीक बाख्रा पालन सहकारीका अध्यक्ष यव प्रसाद न्यौपाने,अगुवा कृषक बलराम पराजुली,खेमकला भण्डारी,कमला न्यौपाने लगायतले बोलेका थिए । दुई ओटै तालिम बुधवार सकिने छ ।

समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
२ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


