स्याङ्जा : सामूहिक रुपमा चार महिलाले थाले ब्यवसायिक भैंसीपालन
तोलाकान्त बगाले/वालिङ :
यहाँका चार जना महिलाले सामूहिकरुपमा भैंसीपालन थाल्नुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ४ बेलघारीका महिलाहरुले सामूहिकरुपमा ब्यवसायिक तबरले भैंसीपालन थाल्नुभएको हो ।
युवा तथा पुरुषहरुले सामूहिकरुपमा ब्यवसाय सञ्चालन गर्ने र महिलाहरुले सहयोगीकोरुपमा काम गर्ने परम्परालाई तोड्दै यहाँका महिला सामूहिकरुपमा ब्यवसाय उन्मुख भएका हुन् ।
गत कार्तिकमा ‘बौरेनी भैंसी तथा कृषि फर्म’ दर्ता गरी ०७६ पुस १३ गतेदेखि सञ्चालनमा आएको फर्ममा १२ वटा मुर्रा जातका भैंसीहरु रहेका फर्मकी अध्यक्ष लक्ष्मी थापाले बताउनुभयो ।
“समूहमा आबद्ध हामी चारै जनाले आ–आफ्नो तरिकाले ब्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका थियौं” अध्यक्ष थापाले भन्नुभयो, “अब आ–आफ्नो तरिकाले मात्रै तरकारी खेती नगरी समूहमार्फत गर्दा लगानी र काम गर्न पनि सहज हुने ठानेर भैंसीपालन गर्ने अठोट गरेका हौं ।”
जुनसुकै काम गर्न सहज त हुँदै हुँदैन त्यो जान्दा जान्दै पनि संघर्षका पाईला अगाडि बढाएकाले शतप्रतिशत सफल उद्यमी बन्ने अध्यक्ष थापाको दाबी छ ।
फर्मबाट दैनिक ११५÷२० लिटर दुध उत्पादन हुने गरेको छ भने उत्पादित दुध प्रतिलिटर एकसयका दरले स्थानीय पुतलीबजार तथा फर्मबाटै खपत हुने गरेको फर्मकी सचिव गीता कार्कीले बताउनुभयो ।
भैंसीपालनका गर्दा आवश्यक पर्ने घाँसका लागि करीब ९ रोपनी जग्गा भाडामा लिएर जै लगायतका आधुनिक घाँसहरु लगाईएको सचिव कार्कीले बताउनुभयो । फर्ममा चार जनासहित एक जना कामदार सक्रिय छन् ।
“भौतिक संरचना निर्माण तथा भैंसी खरिदका लागि हालसम्म झण्डै ४७ लाख लगानी गरिएको छ” अध्यक्ष थापाले भन्नुभयो, “अब कम्पाउण्ड निर्माण तथा फर्मलाई ब्यवस्थित गर्नका लागि अझै लगानी गर्छौं जसले गर्दा लगानी अझै बढ्ने देखिन्छ ।”
फर्ममा पुतलीबजार नगरपालिका ४ का लक्ष्मी थापा, गीता कार्की, ज्योति बानियाँ थापा र स्मृति थापा गरी चार जना आबद्ध हुनुहुन्छ । (रासस)
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


