स्याङ्जामा ट्राफिक प्रहरीकाे सक्रियता :यात्रु र चालकलाई चोक-चोकमा नै प्रशिक्षण
राधाकृष्ण डुम्रे / स्याङ्जा :
स्याङ्जामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ । दुर्घटना न्युनिकरण र जनचेतना जगाउनका लागि प्रहरीले सक्रियता बढाएको बताईएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक जनार्दन जिसीको उपस्थितिमा भिड नियन्त्रण बिशेष अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख छब बहादुर घर्तिले ट्राफिक नियमको बारेमा प्रशिक्षण दिनु भएको थियो । सो अवसरमा प्रमुख घर्तीले स्याङ्जा जिल्लामा अधिकांस ग्रामिण कच्चि सडकखण्डहरु रहेको जानकारी दिदै ग्रामिण सडकमा ट्राफिक प्रहरीको पहुंच पुग्न नसक्नेजानकारी दिनुभयो । सो अवसरमा सवारी दुर्घटना न्युनिकरण गर्नका लागि ट्राफिक नियम सम्बन्धि प्रशिक्षण गरिएको थियो । सबै प्रहरीलाई ट्राफिक नियमको बारेमा जनाकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको बताईएको छ ।

यसैगरी शनिवार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वालिङ् नगरपालिका वडा नम्वर १ राम्बाच्छा स्थित सिद्धार्थ राजमार्ग नजिकै राजमार्ग तथा ग्रमिण भेगमा चल्ने सवारीका सवारी चालक धनि तथा सवार यात्रुहरुलाई ट्राफिक जनचेतनामुलक प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट वालिङका ईन्चार्ज तेज बहादुर रावल सहितको टोलिले प्रशिक्षण गरेको थियो ।
सो अवसरमा चिसो मौसमा हुस्सु तथा कुहिरोबाट हुने सवारी दुर्घटना बाट बच्नको लागी चालकले अपनाउनुपर्ने साबधानी लगायत चालक तथा यात्रुहरुको सानो लापर्बाहिका कारण जोखिम पुर्ण यात्रा गर्दा हुनसक्ने समस्याका बारेमा जानकारी गराईएको थियो ।

यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गल्याङ् नगरपालीका वडा नं ३ गल्याङ् बजारमा राजमार्ग तथा ग्रामिण भेगमा चल्ने २० वटा सवारीका चालक सहचालक तथा सवार यात्रुहरुको उपस्थितीमा प्रशिक्षण दिईएको छ । कार्यक्रममा ट्राफिक प्रहरी हवल्दार तिलकराम बिक सहितको टोलिले प्रशिक्षण दिएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


