स्याङ्जा सहित बिभिन्न जिल्लामा बर्षा, चिसोले जनजीवन प्रभावित

अहिले देशभरिकै मौसम बदली भइ स्याङ्जा सहित पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ ।
अहिले सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङ लगायत पश्चिमका धेरै ठाउँमा पानी परिरहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पश्चिममा पानी पारिरहेको प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले अब बिस्तारै काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वमा पनि पानी पर्नेछ ।
यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेकाे छ । आकाशमा बादल लागेपछि पानी नपरेको ठाउँको न्यूनतम तापक्रम बढेको छ भने अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ । चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।
आज देशभरिकै मौसम बदली भए पनि पश्चिमी वायु शनिबार बिहानदेखि भने केही कमजोर हुने देखिएको मौसमविद् मानन्धरले बताउनु भयो । उहाँका अनुसार आजको भन्दा शनिबार मौसम केही खुले पनि पूर्णरुपमा खुल्न भने अझै केही दिन लाग्नेछ ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…