स्याङजामा रक्तदान कार्यक्रम सम्पन्न


भवानी अधिकारी/स्याङजा :

पुतलीबजार नगरपालिका १ अर्थात स्याङजा सदरमुकाममा मंगलबार रक्तदान कार्यक्रम गरिएको छ ।

पश्चिमांचल डेण्टल केयर, सतीदेवी पोलिक्लिनिक, मनकामना आँखा उपचार केन्द्रको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पोखराको सहयोगमा स्याङजामा रक्तदान कार्यक्रम गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले रक्तदान गर्ने झोला हस्तान्तरण गर्दै रगतदान जीवन दान भएको बताउदै शरिरवाट झिक्न सकिने रगत दान गरेर रगत नपाएर भौतारिएका लाई सहयोगगरी उनीहरुको जीवन बचाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा पोखरा रेडक्रसमका प्राबिधिक प्रमुख अर्जुन ज्ञवालीले रगतदानका फाइदाका बारेमा जानकारी गराउनुभएको थियो ।

सतीदेवी पोलिक्लिनिकका संचालक डा. आश्विन लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रेडियो स्याङजाका बजार ब्यवस्थापक राधाकृष्ण शर्माले गर्नुभएको थियो ।

रक्तदानमा ३४ जनाले रगत दान गनुृभएको छ । संकलित ३४ प्रिन्ट रगत रक्तसंचार केन्द्र पोखरामा पठाइएको रक्तदान कार्यक्रमका संयोजक परमेश्वर सुवेदीले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP