स्याङजामा रक्तदान कार्यक्रम सम्पन्न
भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिका १ अर्थात स्याङजा सदरमुकाममा मंगलबार रक्तदान कार्यक्रम गरिएको छ ।
पश्चिमांचल डेण्टल केयर, सतीदेवी पोलिक्लिनिक, मनकामना आँखा उपचार केन्द्रको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पोखराको सहयोगमा स्याङजामा रक्तदान कार्यक्रम गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले रक्तदान गर्ने झोला हस्तान्तरण गर्दै रगतदान जीवन दान भएको बताउदै शरिरवाट झिक्न सकिने रगत दान गरेर रगत नपाएर भौतारिएका लाई सहयोगगरी उनीहरुको जीवन बचाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पोखरा रेडक्रसमका प्राबिधिक प्रमुख अर्जुन ज्ञवालीले रगतदानका फाइदाका बारेमा जानकारी गराउनुभएको थियो ।
सतीदेवी पोलिक्लिनिकका संचालक डा. आश्विन लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रेडियो स्याङजाका बजार ब्यवस्थापक राधाकृष्ण शर्माले गर्नुभएको थियो ।
रक्तदानमा ३४ जनाले रगत दान गनुृभएको छ । संकलित ३४ प्रिन्ट रगत रक्तसंचार केन्द्र पोखरामा पठाइएको रक्तदान कार्यक्रमका संयोजक परमेश्वर सुवेदीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


