सूर्योदयको स्थापना दिवसमा रक्तदान
स्याङ्जा : सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाले संस्थाको २१ औं स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान जीवनदान” भन्ने मुल नारालाई आधार मान्दै संस्थाले स्थापना दिवसको दिन रक्तदान कार्यक्रम गरेको हो ।
संस्थाका संरक्षक अनन्तकुमार श्रेष्ठले सल्लाहकार गोविन्द्रप्रसाद शर्मालाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा २१ जना रक्तदाताले रक्तदान गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष हुमबहादुर कुमाल, सचिव नारायणप्रसाद रेग्मी, कोषाध्यक्ष दिर्घनारायण शर्मा, व्यवस्थापक धुव्रनारायण श्रेष्ठलगायतले सहकारीले सामाजिक क्षेत्रमा पारेको प्रभाव र यसको महत्वबारे मन्तव्य राखेका थिए ।
संस्थाले आफ्नो २१ आंै स्थापना दिवसका अवसरमा पौष २० देखि २९ सम्म विविध कार्यक्रमका साथै आफ्नो सेवामा छुटका कार्यक्रम पनि ल्याएको छ ।
२०५५ साल पौष २५ मा स्थापना भएको सूर्योदय बचत समुहका रुपमा स्थापना भएको थियो । २०५५ सालमा स्थापना भई २०५७ साल बाट बिधिवत रुपमा दर्ता भर्ई संचालन भएको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले ६३०० शेयर सदस्य रहेका छन् ।
सहकारीले जिल्लाका आधीखोला गाउँपालीका, विरुवा गाँउपालिका र पुतलीबजार नगरपालीकामा गरि ४ स्थानीय तहमा सेवाकेन्द्रमार्फत आफ्ना सदस्यलाई सेवा दिँदै आएको छ । कुल शेयर पूँजी ५ करोड ३६ लाख रहेको संस्थाको शेयर पुँजी कारोबार करिब ५० करोड रहेको छ ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


