स्थानेश्वर शर्मा स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार चितवनका सुरेन्द्र पौडेल अस्तफलाई

आँधीखोला खबर :
युवाकवि शम्भु अर्याल तथा परिवारले स्वर्गिय बाबु स्थानेश्वर शर्माको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कार स्थानेश्वर शर्मा स्मृति राष्ट्रिय प्रतिभा पुरस्कारबाट चितवनका कवि सुरेन्द्र पौडेल सम्मानित हुनुभएको छ । बैकल्पिक बाटो पृथक पाइलाले वालिङ ६ नेचुरल भ्यू प्वाईन्टमा आयोजना गरेको छ कवि ३६ कविता शीर्षकको विशेष कविता वाचन तथा सम्मान कार्यक्रममा अस्तफलाई उक्ता पुरस्कारले सम्मान गरिएको हो । अस्तफललाई ११ हजार १ सय ११ नगद पुरस्कार सहित दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान गरिएको हो ।


अस्तफलका शब्दहरु अबिराम यात्रामा संयुक्त कविता सङ्ग्रह २०५७, विम्बशिविर कविता सङ्ग्रह २०६१, आमा काव्य र सहलेखन २०७३, हिउँको आरोहण कविता सङ्ग्रह २०७४ कविता कृतिहरु प्रकाशित भएका छन ।
वालिङ ६ का युवाकवि अर्याल तथा परिवारद्धारा स्थापित उक्त पुरस्कार २ र २ वर्षको अन्तरालमा राष्ट्रिय स्तरका ख्याति प्राप्त साहित्यकार लाई प्रदान गरिँदै आईएको छ ।


साहित्यमा विचार र कलाको समन्वय हुनुपर्छ भन्ने साहित्यिक मान्यता राख्ने अस्तफल शिक्षण सहजकर्ताको रूपमा कार्यरत रहनु भएको छ । अस्तफल चितवन साहित्य परिषदको अध्यक्ष समेत हुनुहुन्छ । २०७१ सालमा स्याङ्जाको वालिङमा स्थापना गरिएको स्थानेश्वर शर्मा स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार यसअघि स्याङ्जाका युवा साहित्यकार मिलन समीर र स्याङ्जा कै युवा कलाकार तथा कला समीक्षक देवेन्द्र थुम्केली प्रदान गरिएको थियोे ।
कार्यक्रममा गल्याङका साहित्यकार नारायण प्रसाद ज्ञवाली, म्याग्दीका घायल श्री, वालिङका सम्भु अर्याल, चितवनका सुरेन्द्र पौडेल अस्तफल, स्याङ्जाका अनन्त अर्याल र विर्घाका लोकहरी पाण्डेले दुई चरणमा तिन तिन वटा गरी ३६ कबिता बाचन गर्नु भएको थियो । गोरखापत्र दैनिकबाट

Facebook Comments Box
TOP