सभामुख निर्वाचन माघ १२ मा
काठमाडौं : प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ । प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराएका हुन् ।
उनले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए । ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजिनामा पढेर बैठकलाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह ३ बजे बस्नेछ ।
मंगलबार उम्मेदवारी दर्ता
सङ्घीय संसद् सचिवालयले आजै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार सभामुख पदका लागि उम्मेदवारी दर्ता हुनेछ । संसद् भवनमा बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ । मंगलबार अपराह्न २:३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


