सिद्धार्थ राजमार्ग : बुटवलदेखि पोखरासम्मको सडक विस्तार हुने

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलदेखि पोखरासम्मको १ सय ५७ किलोमिटर सडक विस्तार हुने भएको छ। भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा उक्त सडक विस्तार हुने भएको हो। दुई लेनको भनिए पनि स्ट्यान्डर्ड दुई लेनमा नरहेको यो सडक विस्तारपछि सबै ठाउँमा स्ट्यान्डर्ड दुई लेनको हुने सडक विभागले जनाएको छ।
सडक विस्तारको लागि भारतको एक्जिम बैंकसँग सहमती हुने भएको हो । उक्त सडक विस्तारको डिजाइन यसअघि नै भइसकेको छ। २५ अर्ब लागत लाग्ने अनुमान गरिएको उक्त सडक–खण्डमा नयाँ पुल तथा मोड सुधार र सुरुङमार्ग पनि बन्नेछन्।
भालु पहाडमा ५ सय मिटर भन्दा कम लम्बाइका ३ वटा टनेल बनाउने गरी सडकको डिजाइन भएको छ भने सडकमा केही टनेल तथा मोडमा सुधार गर्दा बाटो केही छोटो हुन जानेछ।
सडकमा दुई वटा नयाँ पुल पनि थपिने छ। राम्दी तथा झुम्सामा नयाँ पुल थपिने डिजाइनमा उल्लेख छ। सडक विभागको डिजाइनमा काम सुरु भएको तीन वर्षमा विस्तारको काम सकिने बताइएको छ।
एक्जिम बैंकसँग सडक विस्तारको लागि आधिकारीक सहमति भने भइसकेको छैन। तर, अबको केही समयमा सहमति हुनसक्ने सम्भावना छ ।
अब विस्तार भएपछि यो दुई लेनको हुनेछ । करिब ९ मिटर फपराकिलो सडक बन्नेछ । जसमा एउटा गाडी बाटोमै बिग्रिए पनि आवात जावत गर्न समस्या नहुने विभागले जनाएको छ ।
यो सडक रणनीतिक रुपमा पनि निकै महत्वपूर्ण मानिन्छ । चीनसँगको कोरला नाकसम्म जोड्न उत्तर दक्षिण कोरिडर निर्माण भइरहेकाले यो खण्डलाई सहज रुपमा सवारी आवागन गर्न सक्ने बनाउन आवश्यक रहेको छ।
‘भारतसहित लुम्बिनी, पोखरा, मुक्तिनाथ हुँदै कोरला नाकासम्म सहज सडक सञ्जाल विस्तारको योजनामा यो निकै सहयोगी सिद्ध हुनेछ । यो सडकको विस्तारले मानसरोबरसम्म पुग्न पनि उत्कृष्ट विकल्प दिनेछ । त्यसैले यो धार्मिक पर्यटनका हिसावले महत्वपूर्ण छ ।
सँगैभैरहवा र बुटवललाई पर्यटकीय पोखरासँग पनि जोड्ने भएकाले ब्यापारिक रुपमा पनि सडक विस्तारले निकै महत्व राख्नेछ ।
यसैबीच, सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ नगरपालिकाले भने सडक चौडा आफ्नै स्रोतवाट गरिसकेको छ । नगरपालिकाको पहलमा नगरपालिकाको केही खण्ड डेलिगेटेड २ लेन निर्माणको प्रकृयामा गएको छ । नगरपालिका भित्र पर्ने सडक खण्ड अन्तर्गत पहिलो चरणमा जैसी पधेरा देखि पूर्ब पट्टिको सडक कालोपत्रे गर्नका लागि टेण्डर आव्हान भएको छ ।
सडक डिभिजन कार्यालय पोखराले ७ करोडको टेन्डर आव्हान गरेको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिए। चालु आर्थिक बर्षमा नै काम गर्ने गरी टेन्डर आव्हान भएको उनले बताए । चारलेनको सडक बीचको भाग सहित २० दशमलव ५ मिटर को हुनेछ ।
राजमार्ग अन्तर्गत वालिङमा पर्ने अन्य सडकलाई कालोपत्रे र चार लेनको बनाउनको लागि डिपीआर तयार भईसकेको नगरप्रमुख दिलिप प्रताप खाँणले दिए ।
वालिङ नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्ग अन्गर्तको सडकलाई आफ्नै पहलामा चौडा पारेको थियो । सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने १६ वटा स्थानीयतह मध्ये वालिङले मात्रै सडक चौडा पार्ने कार्यलाई अन्तिम चरणमा पुर्याएको छ ।
स्याङ्जाका पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिका तथा फेदीखोला गाँउपालिकाले समेत सडक चौडा बनाउने बारे छलफल शुरु गरेको बताईएको छ । पाल्पामा भएको राजमार्ग अन्गर्तका पालिकाहरुले आफ्नै पहलमा भए पनि सडक चौडा गर्नु पर्ने कुरा उठेको थियो ।
सरकारको स्मार्ट सिटिको अवधारणामा अगाडि बढिरहेको वालिङले सडक सँगै प्रत्यक्ष जनतासँग जोडिएका अन्य क्रियाकलापलाई समेत आधुनिकता प्रदान गर्दै लगेको जनाएको छ ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…