उपसभामुख शिवमाया तुम्बाहाङफेले दिइन् राजीनामा

काठमाडौँ । उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्योलमा राख्न नहुने निष्कर्षका साथ आफूले मार्गप्रशस्त गरेको स्पष्ट गरिन् ।
एउटा अप्रत्याशित र अस्वाभाविक परिस्थितिका कारण सार्वभौम जननिर्वाचित संस्था लामो समयदेखि सभामुखविहीन हुँदा जटिलता पैदा भएकाले यस्तो स्थिति कायम रहिरहनु हुन्न भन्ने निष्कर्षका साथ आफूले राजीनामा गर्ने निर्णय गरेको उनले बताइन् ।
आफूले यसअघि सभामुखविहीन अवस्था लामो समयसम्म रहनुहुन्न भनी पटकपटक सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै उनले अन्योलपूर्ण अवस्थामा उपसभामुख पद पनि रिक्त गरेर सदनलाई नेतृत्वविहीन राख्न उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्न लागेको हो भनिन् ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…