समकालीन नेपाली प्रतिनिधि लघुकथा विमोचन

स्याङजा : गुप्ततारा स्मृति प्रतिष्ठानले स्याङजाको वालिङमा समकालीन नेपाली प्रतिनिधि लघुकथा विमोचन तथा विमर्श सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा देश तथा विदेशमा कलम चलाउदै आइरहेका नेपाली साहित्यकारहरुको उपस्थिति रहेको थियो । लघुकथा लेख्दै आइरहेका लेखकको उत्कृष्ट लघुकथाको संग्रह विमोचन गरिएको हो ।
सो कार्यक्रममा १५२ वटा लधुकथा विमोचन गरिएको थियो । साहित्य श्रेत्रलाई संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल र परिवारले आफ्नो आमा तारादेवी अर्याल र बुबा गुप्तप्रसाद अर्यालको नाममा प्रतिष्ठान स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष अनन्त राज अर्यालले बताए ।
कार्यक्रममा लघुकथाकार प्रा.डा. कपिल लामिछाने, साहित्यकार तथा पूर्व मन्त्री त्रिलोचन ढकाल, लघुकथाकार हरिप्रसाद भण्डारी, साहित्यकार गंगा कर्मचार्य पौडेलले लघुकथाले छोटो समयमा ठूलो फड्को मारेको र पाठकको माग पनि रहेको बताए ।
उक्त कृतिको सम्पादन स्याङ्जाली साहित्यको क्षेत्रमा क्रियाशील अनन्त अर्याल, मिलन समिर, श्यामप्रसाद ढुंगाना र शम्भु अर्यालले गरेका हुन् ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…