समकालीन नेपाली प्रतिनिधि लघुकथा विमोचन
स्याङजा : गुप्ततारा स्मृति प्रतिष्ठानले स्याङजाको वालिङमा समकालीन नेपाली प्रतिनिधि लघुकथा विमोचन तथा विमर्श सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा देश तथा विदेशमा कलम चलाउदै आइरहेका नेपाली साहित्यकारहरुको उपस्थिति रहेको थियो । लघुकथा लेख्दै आइरहेका लेखकको उत्कृष्ट लघुकथाको संग्रह विमोचन गरिएको हो ।
सो कार्यक्रममा १५२ वटा लधुकथा विमोचन गरिएको थियो । साहित्य श्रेत्रलाई संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल र परिवारले आफ्नो आमा तारादेवी अर्याल र बुबा गुप्तप्रसाद अर्यालको नाममा प्रतिष्ठान स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष अनन्त राज अर्यालले बताए ।
कार्यक्रममा लघुकथाकार प्रा.डा. कपिल लामिछाने, साहित्यकार तथा पूर्व मन्त्री त्रिलोचन ढकाल, लघुकथाकार हरिप्रसाद भण्डारी, साहित्यकार गंगा कर्मचार्य पौडेलले लघुकथाले छोटो समयमा ठूलो फड्को मारेको र पाठकको माग पनि रहेको बताए ।
उक्त कृतिको सम्पादन स्याङ्जाली साहित्यको क्षेत्रमा क्रियाशील अनन्त अर्याल, मिलन समिर, श्यामप्रसाद ढुंगाना र शम्भु अर्यालले गरेका हुन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


