पाल्पा, स्याङ्जा र गुल्मीकाे संगम स्थल रिडीमा भाेलिदेखि रूरू महाेत्सव
पाल्पा – तीन जिल्लाको सङ्गमस्थल रिडी (रुरु)मा भोलि मंगलबारदेखि माघ १० गतेसम्म दोस्रो रुरु महोत्सव हुने भएको छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा सन २०२० को भ्रमण वर्षलाई आधार बनाएर महोत्सव गर्न लागिएको हो ।
गुल्मी उद्योग वाणिज्य सङ्घको रिडी शाखा र रुरु फ्रेन्डस क्लबको आयोजनामा डेढ दशकपछि महोत्सव गर्न लागिएको हो । भ्रमण वर्ष सफल बनाउन र यस क्षेत्रको व्यापार व्यवसाय प्रबद्र्धन, ऐतिहासिक एवं धार्मिक स्थलहरूको प्रचार गर्न महोत्सव गर्न लागेको गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखाका अध्यक्ष सुवर्णलाल कक्षपतिले जानकारी दिनुभयो । महोत्सवको अन्तिम तयारी भएको छ ।
महोत्सवमा दुई सय ५० बढी स्टल रहनेछन् । कृषि उत्पादन, घरेलु उद्योगबाट उत्पादित सामग्री, अटोमोबाइल्स, खाद्यान्न, होटल लगायतका सामग्रीको स्टल महोत्सवमा रहनेछ । महोत्सवको अवलोकनमा दुई लाख ५० हजार बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
महोत्सवबाट भएको आम्दानीले सांस्कृति एवं ऐतिहासिक रुरु क्षेत्रको बृहत्तर विकासमा खर्च गरिने रुरु फ्रेन्डस क्लबका अध्यक्ष शोभित थापाले जानकारी दिनुभयो । रुरु क्षेत्र रिडीमा परम्परादेखि नै माघे सक्रान्ति मेला समेत लाग्ने गरेको छ । बुधबारदेखि यहाँ माघे संक्रान्ति मेला लाग्छ । ईरानीमहल बाट
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


