रमाईलो मेला : मंगलबार भोलि चर्चित बाल गायिका कमला घिमिरे वालिङ आउने
तोलाकान्त बगाले/वालिङ :
पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेकी बाल गायिका कमला घिमिरे वालिङमा जारी रमाईलो मेलामा आउने भएकी छन् ।
‘पहिला देश अनि मात्र विदेश’ भन्ने मुलमन्त्रसहित पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्धेश्यले वण्डरफूल वालिङ पर्यटन विकास संस्थाद्वारा आयोजित ‘प्रथम वालिङ सांस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६’ मा माघ १४ गते मंगलबार बालगायिका कमला घिमिरेको प्रस्तुति रहने वालिङ टेलिभिजनका प्रवन्धक एवं रमाईलो मेलाका कलाकार ब्यवस्थापन समितिका संयोजक मणिप्रसाद अर्यालले जानकारी दिनुभयो ।
“मेलाको छैटौं दिनको मुख्य आकर्षणकोरुपमा पछिल्लो समय युट्यूव तथा सामाजिक सञ्जालहरुमा भाईरल बनेकी धादिङकी ११ वर्षीया लोक दोहोरी गायिका कमला घिमिरेलाई निमन्त्रणा गरेका छौं” कलाकार ब्यवस्थापन समितिका संयोजक अर्यालले भन्नुभयो, “बालगायिका घिमिरेको दोहोरी तथा एकल प्रस्ततिबाट मनोरञ्जन लिन पनि म दर्शक श्रोतालाई अनुरोध गर्दछु ।”
१४ गते मंगलबार बालगायिका घिमिरेसहित पुस्कल शर्मा, सपना थापा, एञ्जिला रेग्मी, प्रिन्स लम्साल, ढाकाराम पौडेल लगायत पञ्चेबाजा प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, हाँस्यब्यङ्ग्य प्रस्तुति तथा लाईभ कन्सर्टहरु रहने आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


