आजबाट वालिङमा रमाईलो मेला शुरु
आँधीखोला खबर/वालिङ :
स्याङ्जाको वालिङमा वण्डरफूल वालिङले “पहिला देश अनि मात्र विदेश” भन्ने
नाराका साथ आजबाट रमाइलो मेला २०७६ शुरु हुँदैछ । पर्यटन मेलाको आज वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बिहान पोखरा देखि शुरु गरिएको साईकल र्याली वालिङ सम्म आईपुग्नेछ, जातीय सांस्कृतिक झाँकी एवं बाजागाजा सहित मेलाको उद्घाटन हुने मेलाका संयोजक आशिष प्रताप खाणले जानकारी दिनुभयो ।
वालिङ नगरपालिका तथा आसपासका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी प्रवद्र्धन, सम्बद्र्धन र विकासका लागि विभिन्न प्रयास गर्दै आईरहेको वण्डरफूलले भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटन मेलाको आयोजना गरेको हो ।
वण्डरफूल वालिङले विगतका वर्षहरुदेखि नै कल्चर, एडभेन्चर र नेचरलाई संस्थागत गर्दै पर्यटन प्रवद्र्धनका लागि यसअघि अन्तर्राष्ट्रिय माउन्टेन वाईक प्रतियोगिता समेत गरिसकेको छ । वालिङ ८ स्थीत नयाँ बसपार्कमा हुने मेलामा सूचना प्रविधि, घरेलू तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको विक्रि तथा प्रदर्शनी, होम स्टे, बालउद्यान, खाद्यान्न, कृषि उपजको विक्रि तथा प्रदर्शनीका झण्डै १५० स्टल रहेकाछन् ।
माघ १९ गते सम्म चल्ने मेलमा, राष्ट्रिय कलाकारहरुको प्रस्तुति, बीच भलिबल प्रतियोगिता, लोकदोहोरी प्रस्तुति लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।
मेलाबाट भएको बचत रकमले पर्यटन प्रवद्र्धन तथा विभिन्न सामाजिक सेवामा खर्च गरिने आयोजकको भनाई छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


