राधा माधव समितिको आध्यात्मिक बनभोज एवं न्यानो बस्त्र बितरण
भवानी अधिकारी/स्याङ्जा :
राधा माधव समिति र डिभाइन यूथ क्लव स्याङ्जाको संयुक्त आयोजना भ्रमण बर्ष २०२० लाई प्रवद्र्धन एवं प्रचार गर्ने उदेश्ले शनिवार बनभोज तथा न्यानो बस्त्र बितरण कार्यक्रम गरेको छ ।
पुतलीबजार नगरपालिका ४ स्थित रमणीय पर्यटकीय स्थल अन्र्तगत हरियाली भ्यू टावरमा आध्यात्मिक बनभोज एवं अमोर नेपाल बालगृहका बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो ।
पुतलीबजार ४ का वडाअध्यक्ष ओमबहादुर खड्काले बालबालिकालाई न्यानो कपडा हस्तान्तरण गर्दै धार्मिक संस्थाको रुपमा स्थापित समितिले समाजसेवामा पनि सक्रियता बढाएको बताउदै यस्ता कार्यलाई निरन्तरता दिन राधा माधव समितिलाई सुझाव दिनुभयो । अध्यक्ष खड्काले आचरण, संस्कृति र संस्कारको जगेर्ना गर्दै युवाजगतमा देखिएको धार्मिक, सामाजिक, संस्कृतिक क्षेत्रमा प्रभाव राम्रो पर्ने जनाउनुभयो ।

कार्यक्रममा राधा माधव समितिका संयोजक धनप्रसाद कोइराला, अध्यक्ष झलकराम अर्याल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, अमोर नेपाल बालगृहका अध्यक्ष कमला पराजृुली, बालिका अमृता गुरुङ लगायतले राधा माधव समितिले बिगतका बर्षदेखि पुरयाउदै आएको सेवा र सहयोगका बारेमा जानकारी गराउनुभएको थियो ।
डिभाइन युथ क्लबका अध्यक्ष पुजा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सचिव खगेन्द्र सुवेदीले स्वागत एवं डिभाइन युथ क्लवका सचिव रुद्रनारायण ढकालले संचालन गर्नुभएको थियो ।
फेदिखोला गाउपालिकामा अवस्थित अमोर बालगृहमा आश्रीत २० जना बालबालिकालाई जनही एक जोर (ज्याकेट, सुट र टोपी ) सहितको न्यानो बस्त्र प्रदान गरिएको हो ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


