आत्महत्या दुरुत्साहन मुद्दामा लामिछानेसहित तीनैजनालाई सफाय
चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने सहित तीनैजनाले सफाय पाएका छन् ।
जिल्ला अदालत चितवनले लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्कीलाई निर्दोष ठहर गरेको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उनीहरु विरुद्ध दुरुत्साहन गरेको आरोप लागेको थियो ।
न्यायाधीश हेमन्त रावलको इजलासले फैसला गरेको हो । गत साउन २० गते नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा पत्रकार पुडासैनीको शव भेटिएपछि केही दिनमा एक भिडिओ समेत सार्वजनिक भएको थियो ।
जहाँ लामिछाने, अस्मिता र युवराजले आफूलाई आत्महत्या गर्न बाध्य पारेको दावी पुडासैनीले गरेका थिए । सोही भिडिओका आधारमा आत्महत्या दुरुत्साहनको मुद्दा उनीहरुविरुद्ध चितवन अदालतमा परेको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


