पुतलीबजारको छैटौं नगरसभा : ख्याती कमाउन सफल ३ जना सम्मानित
भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिकाको छैटौं नगरसभा शुक्रवारदेखि यहाँ सुरु भएको छ । सभामा बोल्दै नगरप्रमुख सीमा क्षेत्रीले आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रमका ६ महिनासम्मको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत निती तथा कार्यक्रम कयौं कार्यान्वयन भएको र कयौं कार्यान्वयनका चरणमा रहेको जानकारी गराउनुभयो । साथै, उहाले चालु बर्षमा नगरसभाबाट पास भएका वडा स्तरीय योजना तथा कार्यक्रमतर्फ कुल ४३१ मध्ये ३३० योजना सम्झौता भई २२० सम्पन्न भएका छन । नगरस्तरीय योजनामा १७७ मध्ये १३६ सम्झौता भई ८४ वटा सम्पन्न भएका र गौरबका योजना १५ मध्ये १० वटा योजना सम्झौता भई कार्यान्वयनमा रहेका र एउटा योजना सम्पन्न भएको जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रमुख महेश पुरीले चालु आर्थिक बर्षको २०७६÷७७ को पुस मसान्तसम्मको आयब्यय प्रस्तुत गर्नुभयो । समानिकरण अनुदानतर्फ संघ र प्रदेश सरकारको १५ करोड ४९ लाख ४९ हजार, सशर्त अनुदानतर्फ ३० करोड १० लाख, राजश्व बाडफाँडबाट ११ करोड ४८ लाख ५२ हजार र आन्तरिक आर्यतर्फ २ करोड ६५ लाख र गतबर्षको अल्या २ करोड ९० लाख ८१ ह्जार र उपभोक्त समितिको तगद सहभागिताबाट १ करोड ७७ लाख ९१ ह्जार बिनियोजन गरिएको बताउनुभयो । पुस मसान्तसम्म गतबर्षको अल्या मौज्याद ५ करोड ६७ लाख ३३ हजार र बिभिन्न शिर्षकमा आन्तरिक आय १ करोड ५९ लाख, समानीकरण अनुदानतर्फ ७ करोड ११ लाख, सशर्त अनुदानतर्फ ९ करोड ८५ लाख र राजश्व बाडफाडतर्फ २ करोड ९ लाख ७७ हजार गरी २६ करोड ३२ लाख ९५ हजार प्राप्त भएको उल्लेख छ । चालु बर्षको खर्चतर्फ ११ करोड १२ लाख ३२ हजार बिनियोजन मध्ये ५ करोड २७ लाख ७७ हजार खर्च भएको जनाइएको छ । पूजीगततर्फको २१ करोड ४१ लख ४९ हजार मध्ये २ करोड ८२ लाख ७८ हजार खर्च भएको उल्लेख छ ।
पुतलीबजार नगरपालिकाले पुतलीबजारमा जन्मेर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमै ख्याती कमाउन सफल ३ जनालाई शुक्रवार सम्मान गरेको छ । २ जना खेलाडी सहित एक जना श्रस्टालाई सम्मान गरिएको हो ।

पुतलीबजार नगरपालिकाको छैटौं नगरसभाले रमेश वि.जी, मुना अर्याल र झिनमाया थापालाई सम्मान गरेको हो । नगर प्रमुख सीमा क्षेत्री र उपप्रमुख महेश पुरीले उनीहरुलाई कदरपत्र, दोसल्ला र नगद सहित पुतलीबजार नगरपालिकाको नाम परिचित गरेको भन्दै सम्मान गरिएको हो ।
पुतलीबजार नगरपालिका १४ मा जन्मेर राष्ट्रिय तथा दोहोरी गीत मार्फत आफनो पहिचान बनाउन सफल एवं प्रतिष्ठान नेपालको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित रमेश वि.जी., पुतलीबजार नगरपालिका ११ मा जन्मेरे २०१९ जनवरी २६ देखि ४ फेब्रुअरीसम्म पाकिस्तानमा सम्पन्न प्रथम टि—ट्वान्टी अन्र्तराष्ट्रिय दृष्ट्रिविहीन महिला क्रिकेटमा सहभागीभई पाकिस्तान बिरुद्धका सबै खेलमा सफलता प्राप्त गरेको भन्दै दृष्ट्रिबिहीन मुना अर्याललाई सम्मान गरिएको हो ।
यसैगरी, पुतलीबजार नगरपालिका ८ का झिनमाया थापाले तेह्रौं साग खेलकुद प्रतियोगितामा हेन्डवल खेलमा दोश्रो स्थान हासिल गरेको भन्दै सम्मान गरिएको छ ।
नगरसभाले चालु आर्थिक बर्ष २०७६÷७७ पुस मसान्तसम्म स्थानीय, संघीय र प्रादेशिक सहयोग सहितको आयब्यय तथा निती तथा कार्यक्रमका उपलब्धीका बारेमा जानकारी गराइएको छ ।
नगरसभामा प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्लले सहजीकरण गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
स्याङ्जामा तारजालीसहितको मतगणनास्थल तयार
५ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा मतगणनास्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि…


