प्रतिलिपि अधिकार र बिबिध पक्ष सम्बन्धी सचेतना

भवानी अधिकारी/स्याङजा :
नेपाल प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु एवम स्रष्टाले प्राप्त गर्ने रोयल्टीका बारेमा आइतवार सचेतना कार्यक्रम गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय अन्र्तगत पर्ने नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय स्याङजाको समन्वयमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायधीश रमानाथ पौड्यालले ब्यक्तिमा वंशानुगत र क्षमतावान सम्पती हुने बताउनुभयो । क्षमताले आर्जेका प्राज्ञिक, प्रतिभा, कलाबाट प्राप्त सम्पतीको जगेर्ना र संरक्षणका लागि प्रतिलिपी अधिकार आवश्यकता रहनेमा उहाले जोड दिनुभयो । उहाले भन्नुभयो ‘कलात्मक सम्पती जसले सृजना गर्छ, त्यसमा उसकै अधिकार हुन्छ । जव, दोश्रो ब्यक्तिले उपयोग गर्ने आवश्यक परेमा प्रतिलिपी अधिकारको प्रयोग गर्नुपर्दछ ।’’
प्रतिलिपी अधिकार ऐन २०२२ लाई परिमार्जन गर्दै २०५९ मा नयाँ ऐन र २०६१ मा नियमावलीलाई परिमार्जन गर्दै लागु भैसक्दा पनि स्याङजा अदालतमा एउटा पनि मुद्धा नपर्नु जानकारीको अभाव हुनसक्ने उहाको भनाई छ । साथै, यस्ता कार्यक्रमले स्रस्टा र बौद्धिक सम्पतीको रक्षाका लागि कोशेढुंगा सावित हुनेमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा डिभिजन बन कार्यालय प्रमुख कोमलराज काफले, स्याङजा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष जुमकाजी गुरुङ, जिल्ला बार एशोसियसनका अध्यक्ष ख्यामनारायण लामिछाने, जिल्ला उद्योग वाणिज्य संघ स्याङजाका तृतीय उपाध्यक्ष सुनिता पौडेल, चेम्बर अफ कमर्शका महासचिव लोकनाथ रेग्मी, अधिवक्ता युगनारायण श्रेष्ठ लगायतले जिज्ञासा एवं आ आफना धारणा ब्यक्त गर्दै अर्काको सृजना चोर्न हुदैन भन्ने कुराको ब्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभएकोे थियो ।

नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका रजिष्टार बिष्णुकुमारी भट्टराईले प्रतिलिपि अधिकार संरक्षण र यसका बिबिध कानूनी प्रावधान र पक्षहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्र माथि जिल्ला न्यायधीवक्ता अशोकराज रेग्मीले टिप्पणी एवं सुझाव दिनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कम्प्यूटर अपरेटर उत्तम दुवाडीले गर्नुभएको थियो । केन्द्रमा मात्र कार्यालय रहेको यस कार्यालयले गण्डकी प्रदेश अन्र्तगत स्याङजालाई छनोट गरेको जनाएको छ ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…