नागरिकको सुरक्षा पहिलो प्राथमिकता: नवआगन्तुक प्रहरी प्रमुख जिसी

आँधीखोला खबर/वालिङ :
स्याङ्जाका नवआगन्तुक प्रहरी प्रमुख जनार्दन जिसीले नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएको बताउनु भएको छ । वालिङमा पत्रकारहरुसँगको छलफलमा प्रमुख जिसीले भन्नुभयो, नागरिकको हित र सुरक्षामा कुनै कमजोरी हुन दिदैनौं ।
पत्रकार र प्रहरीको सहकार्यबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने भन्दै प्रहरी प्रमुख जिसीको भनाई छ ।
प्रहरी उपरिक्षक जिसीलाई स्याङ्जाको अवस्था,हुन सक्ने घटना तथा बिगतका अवस्थाहरुका बारेमा पत्रकारहरुले जानकारी गराएका थिए । सो अवसरमा वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले वालिङ तथा आसपासको क्षेत्र तथा सुरक्षा अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP