पशु स्वास्थ्यसेवा प्राबिधिक संघ स्याङजाको दोश्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा गैह्रे ।

भवानी अधिकारी/स्याङजा:
नेपाली कांग्रेस स्याङजाका कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले पेशागत दायित्व पुरा गर्दै आफना हक, हित र अधिकारका क्षेत्रमा एकबद्ध भएर लाग्न सुझाव दिनुभयो ।
नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ स्याङजाको दोश्रो जिल्ला अधिवेशनको शुक्रवार सदरमुकाममा उदघाटन गर्दै राजनीतिक परिवर्तनका लागि सहकार्य गरेका राजनीतिक दलले कस्को प्रतिनिधि भन्दा पनि कस्तो बिधी अपनाएका भन्ने कुरामा कर्मचारी जगत सजग र सचेत बन्नु पर्नेमा उहाले जोड दिनुभयो ।
नेपालको संबिधानले दिएका मौलिक अधिकारलाई समेतलाईे हनन हुनेगरी सरकार धमाधम एउटा पक्ष आस्थाका आधारमा एउटा संठगन संरक्षित हुनेगरी कानून निर्माण गरेर जटिलता वनाई रहेको बताउनुभयो । उहाले सार्वजनिक पदमा पुगेका ब्यक्तिहरु सार्वजनिक हुन नसकेको बताउदै उनीहरुले राजनीतिक आस्थाबाटै नजिक र टाढा राख्दा केही कर्मचारी बर्ग विभेदको शिकार बनेको बताउनुभयो ।
अन्यायका निम्ति लडेका हामी जनताहरुमा अब अन्याय सैह्य नहुने उहाको भनाई छ । पेशागत दायित्व र कर्तब्य निर्वाह गर्दा गर्दै आस्थाकै आधारमा कोही अन्यायमा परेमा अन्यायका बिरुद्ध लड्न आफु र आफनो सिंगो पार्टी तयार रहेको सभापति रानाले बताउनुभयो । सपना र राष्ट्रियताका कुरा देखाएर निर्वाचित बनेको पार्टी र सोही पार्टीद्धारा निर्मित सरकार दुबैमा कुरामा भाषिएको उहाको भनाई छ ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष जनकबहादुर रावल, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङजाका प्रमुख बिश्वनाथ गौतम, केन्द्रिय उपाध्यक्ष छवीलाल भट्टराई, केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठ, पूर्व पशु प्राबिधिक कृष्णबहादुर थकाली, नेपाल निजामति कर्मचारी यूनियन (संघ) स्याङजाका अध्यक्ष ज्ञानप्रसाद अर्याल, कास्कीका अध्यक्ष डार्विन लम्साल लगायतले किसानका गोठदेखि ठुल्ठुला फर्मसम्म पुग्नु पर्ने पशु प्राबिधिकलाई राज्यले वेवास्ता गरेको बताउदै राजनीतिक आस्थाकै कारण संघमा आवद्ध कर्मचारीहरु पेलानमा पर्नुका साथै रोजगार समेत खोसिएको जानकारी गराउनुभएको थियो ।
नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ स्याङजाका अध्यक्ष गोपाल गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य डोलराज गौतमले स्वागत एवं सचिव पुरुषोत्तम कोइरालाले संचालन गर्नुभएको थियो । कार्यक्रममा पूर्ब पशु प्राबिधिक कृष्ण बहादुर थकालीलाई सम्मान समेत गरिएको थियो ।

यसैबीच नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ स्याङजाको दोश्रो जिल्ला अधिवेशनले डोलराज गैह्रेको अध्यक्षता १३ सदस्यीय र ४ सदस्यीय महाधिवेशन प्रतिनिधी चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णप्रसाद अर्याल, सचिवमा कृष्णप्रसाद डुम्रे, सहसचिव भूपराज भण्डारी, कोषाध्यक्ष रमीला श्रेष्ठ, सदस्य खेम राना, बासु भण्डारी, रमा नेपाली, गंगा पौडेल, कृष्णलाल पाण्डे, थानप्रसाद तिवारी, नारायण अर्याल, चेतबहादुर कार्की निर्बिरोध निर्वाचित हुनु भएको हो । यसैगरी महाधिवेशन प्रतिनिधी गोपाल गिरी, पुरुषोत्तम कोइराला, मदन अर्याल, देवकुमारी श्रेष्ठलाई निर्बिरोध निर्वाचित हुनु भएको हो ।
समाचार
थप सामाग्री
रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस…