पुतलीबजार : पञ्चमूखी बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न
भवानी अधिकारी/स्याङ्जा :
पुतलीबजार नगरपालिका १४ लामागे स्थित पञ्चमूखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभाको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले सहकारीहरु रकम संकलन गर्ने र ब्याजमा लगाउने काम भन्दा पनि आर्थिक उत्पादनमा जोडिनु पर्ने बताउनुभयो । जाँगर र सीप बढाएमा नगरपालिकाले आर्थिक सहयोग गर्ने बताउदै नगरप्रमुख क्षेत्रीले उद्यमशीलतामा जुट्न आग्रह गर्नुभयो । साथै, नगरप्रमुख क्षेत्रीले शिीत भण्डार निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष शेषराज ढकाल, सहकारी शाखा प्रमुख बिष्णुप्रसाद ढकाल, स्याङ्जा बचत तथा ऋण सहकारीका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, पाणिनी गुरुकुल आश्रमका शिक्षक रेवाधर उपाध्याय, लेखा संयोजक अग्नीप्रसाद भण्डारी, शिक्षा समिति संयोजक चन्द्रकान्त पोखरेल, शेयर सदस्य रविन केसी र अमृत लाछिमाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सहकारीका कार्यवाहक अध्यक्ष नरबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष धु्रवबन्धु पौडेलले आर्थिक प्रतिवेदन, उपाध्यक्ष राजेन्द्र पौडेलले धन्यवाद, सदस्य तारा शर्माले स्वागत मन्तब्य एवं सचिव सूर्यप्रसाद लामिछानेले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा शेयर सदस्य मध्येका एसइइमा उत्कृष्ठ नतिजा ल्याउने बिनीता पौडेल र विवेक शर्मालाई सम्मान गरिएको थियो । यसैगरी, नियमित बचत तथा कारोवार तर्फ महेन्द्र आचार्य र चोलाकान्त भण्डारी, ऋणतर्फ सीता पौडेल, ब्यवस्थापक नारायणप्रसाद शर्मा र सहकारीलाई सहयोग गर्ने सोही वडामा जन्मेका कर्मचारी द्धय माधव लम्साल र कपिल गिरीलाई सम्मान गरिएको थियो ।
यसैगरी, साधारणसभाले आर्थिक बर्ष ०७५÷०७६ को ८ करोड ८२ लाख १९ हजार रुपैंयाको आर्थिक कारोवार र आगामी बर्षको १२ करोड ९ लाख ८० हजारको प्रस्तावित कारोवार लगायतका बिबिध एजेण्डाहरु पारित गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


