सुन्तला तथा कागती सम्वन्धी प्रबिधि तालिम शुरु ।
आँधीखोला खबर/वालिङ
वालिङ नगरपालिका वडा नम्वर ६ मा सुन्तला तथा कागती सम्वन्धी प्रबिधि तालिम शुरु भएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत कृषकहरुका लागि तालिम दिन शुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै वालिङ नगरपालिका वडा नम्वर ६ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठले नयाँ प्रबिधि र सीपको माध्यमबाट सुन्तला तथा कागतीको उत्पादन बढाउन सकिने बताउनु भयो । सुन्तलाको राम्रो उत्पादन हुने जिल्ला मध्ये स्याङ्जा अग्र स्थानमा पर्ने भन्दै श्रेष्ठले व्यवहारीक सिप सिक्न सहभागीलाई आग्रह गर्नु भयो । कृषक र उद्यमीको हितमा नै नगरपालिकामा सीपमुलक कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमको बारेमा जानकारी दिदै परियोजना प्रमुख राधाकृष्ण डुम्रेले तालिम कृषकहरुको मागका आधारमा सञ्चालन भईरहेको जानकारी दिनुभयो । कृषक तथा उद्यमीलाई तालिमसँगै आवश्यक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको प्रमुख डुम्रेको भनाई छ ।
तालिममा वालिङ नगरपालिकाका कृषि शाखा प्रमुख केश बहादुर थापा लगायतको प्राबिधिक समुहले प्रशिक्षण दिएको छ ।
सुनौलो सुन्तला उत्पादन सहकारी संस्थाका अध्यक्ष ईन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको तालिमको उद्दघाटन कार्यक्रममा स्वागत पूर्ब वडा अध्यक्ष भोजेन्द्र बहादुर थापाले र सञ्चालन दियालो संस्थाका बजारीकरण प्रमुख गंगाधर खनालले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


