स्याङजा : राष्ट्रियसभा निर्वाचन सम्बन्धी जानकारी एवं रायसुझाव संकलन
भवानी अधिकारी/स्याङजा :
जिल्ला निर्वाचन कार्यालय स्याङजाले कार्यालयका गतिबिधी जानकारी गराउनुका साथै माघ ९ गते हुनगएको राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी सोमबार सरोकारवालाबीच अन्तरक्रिया एवं रायसुझाव संकलन गरेको छ ।
जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीले निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालयवाट हालसम्म भए गरेका गतिबिधीका बारेमा र राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
निर्वाचन आयोगको संबैधानिक ब्यवस्था र गतिबिधी, संबिधानमा राजनीतिक दल सम्बन्धी ब्यवस्था, राजनीतिक दलहरुको जिल्लागत विवरण, राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी, निर्वाचन प्रणाली, निर्वाचक मण्डल तथा मतभार, मतदान गर्ने तरिका, बदर मत घटाउने बिधि लगायत बिबिध पक्षमा छलफल भएको थियो ।
कार्यक्रममा नेकपा सचिवालय सदस्य उदय श्रेष्ठ, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैहै, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया र मतभार सम्बन्धी नागरिकतहसम्म जानकारी गराउनुपर्ने, नागरिकता प्राप्तिसंगै मताधिकार हुनु पर्ने, ब्यक्तिका सम्पूर्ण विवरण सूचिकृतको ब्यवस्था गरिनुपर्ने, निर्वाचनका बेला मात्र ब्यस्त रहने निर्वाचन कार्यालयलाई अन्य समयमा पनि जिम्मेवारी दिइनुपर्ने, महंगो निर्वाचन प्रणाली, आचार संहिता उल्लंघन लगायतका बारेमा जिज्ञासा एवं सुझाव दिएका छन् ।
संकलित सुझाव एवं जिज्ञासालाई प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जवाफ दिदै अन्य मुलुकमा झैं निर्वाचन खर्च सरकारले ब्यहोर्नेगरी प्रक्रिया अघि बढाउन सकेमा निर्वाचनलाई सहज बनाउन सकिने बताउनुभयो । निर्वाचनका आचार संहितालाई नैतिक बन्धनका रुपमा लिनु पर्ने बताउदै अवका ५/७ बर्षभित्रमा सबै विवरण अट्नेगरी राष्ट्रिय परिचय पत्र तयार हुने जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउपालिकाका अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्न पाउनेछन । प्रदेशसभा सदस्य एक बराबर ४८ मतभार र प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षका एक मत बराबर १८ मतभार रहेकोछ ।
प््रामुख जिल्ला अधिकारी एवं जिल्ला कार्यक्रम संयोजक रामबहादुर कुरुम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासीनीले स्वागत एवं कम्प्यूटर अपरेटर खुमबहादुर भुजेलले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…