खेल क्षेत्रको विकासका लागि हातेमालो गर्दै अगाडि बढौं : युवा नेता पौडेल
तोलाकान्त बगाले/वालिङ:
नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि एवं यूवा नेता विष्णु पौडेलले खेल क्षेत्रको विकासका लागि हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
भीरकोट ९ साउन्दीमा रहेको तारापूञ्ज युवाक्लबको आयोजनामा माघे संक्रान्तिका अवसरमा शुक्रबारबाट शुरु भएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै यूवा नेता पौडलले खेलाडी र खेल क्षेत्रलाई ब्यवसायिकतातर्फ जोड्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । स्वस्थ शरीर र स्वस्थ समाजका लागि खेलकुद अपरिहार्य रहेको नेता पौडेलको भनाई थियो ।
“प्रतियोगिताको संख्या जति बढ्छ त्यति नै राम्रा खेलाडी जन्मने सम्भावना हुन्छ” नेता पौडेलले भन्नुभयो, “त्यसैले खेलकूदका प्रतियोगिताहरुलाई निरन्तरता दिंदै जानुपर्छ ।”
कार्यक्रममा वडा नं. ९ का अध्यक्ष भीमबहादुर गुरुङ, नेकपाका प्रतिनिधि लिलाबल्लभ रेग्मी, नेपाी काँग्रेसका वडा सभापति भीमबहादुर गुरुङ, भीरकोट नगरपालिकाका प्रमुखका स्वकीय सचिव नन्दु खनाल, सिरकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र राना, पिपलडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त न्यौपाने, विद्यार्थी नेताहरु सुनिल चापागाई, कमल कुँवर लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
खेल संयोजक कृष्ण गाहा मगरको स्वागतसँगै शुरु भएको कार्यक्रम क्लबका अध्यक्ष रोमन दर्लामीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन राधाकृष्ण शर्माले गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः ५५ हजार, ३५ हजार, २५ हजार र १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


