नेवा: मिसा दवु स्याङजाको अध्यक्षमा पुन – मखमली श्रेष्ठ

भवानी अधिकारी/स्याङजा :

नेवा :मिसा दवुका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापतिले नेवार परिवारका महिलाहरुलाई संगठित गर्दै उनीहरुको नेतृत्व विकास मार्फत आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा सशक्तिकरण गर्ने उदेश्यले नेवा मिसा दवु गठन गरेको जानकारी दिनुभयो ।

नेवार जातीका महिलाहरुको समूह अर्थात नेवा : मिसा दवु स्याङजाको दाश्रो अधिवेशनको आइतवार स्याङजाबजारमा उदघाटन गर्दै केन्द्रीय अध्यक्ष प्रजापतिले भाषा भाषी, कला संस्कृती, भेषभुषा जोगाउन सकेमात्र मुलुक समृद्ध बन्ने बताउनुभयो ।

नेपाली मौलिक संस्कृती हराउदै जानु र आयातित भाषाले पश्रय पाउनु दुखद रहेको बताउदै उहाले जीवन्त नेवार भाषा, लिपी, कला, संस्कृती जोगाई राख्न नेवार महिलाहरुको एकता अत्यावश्यक रहनेमा जोड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष योगिता कायश्य, नेवा देय दवु स्याङजाका अध्यक्ष गोबरधन श्रेष्ठ, वडा अध्यक्षहरु निर्मलकुमार शेरचन, अमृतप्रसाद श्रेष्ठ, सल्लाहकार अनन्तकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ स्याङजाका द्धितिय उपाध्यक्ष महादेव श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले जातीय सदभाव कायम राख्दै आफना कला संस्कृतीको जगेर्ना गर्न सकेमा रोजगारका लागि विदेश धाउन नपर्ने उहाहरुको भनाई थियो ।

नेवा मिसा दवुका अध्यक्ष मखमली श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष संम्झना श्रेष्ठले स्वागत एवं कोषाध्यक्ष वेगम श्रेष्ठले संचालन गर्नुभएको थियो ।

यसैगरी, नेवा : मिसा दवुको स्याङजाको दोश्रो जिल्ला अधिवेशनले पुन: अध्यक्षमा मखमली श्रेष्ठलाई निर्बिरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी प्रधान, सचिवमा वेगम श्रेष्ठ, कोषाध्यक्षमा सम्झना श्रेष्ठ, सहसचिवमा मखम श्रेष्ठ चयन हुनु भएको हो ।

यस्तै, सदस्यहरुमा सुनिता श्रेष्ठ, कल्पना श्रेष्ठ, अन्जु श्रेष्ठ, गंगा श्रेष्ठ, गीतु श्रेष्ठ, बिष्णु श्रेष्ठ, सुषमा श्रेष्ठ, सन्तोषी श्रेष्ठ, सहनशीला श्रेष्ठ, सविता श्रेष्ठ, गीता श्रेष्ठ, लोकमाया श्रेष्ठ लगायत निर्वाचित हुनु भएको छ ।

Facebook Comments Box
TOP