नेकपाले टुङ्ग्यायाे राष्ट्रिय सभा उम्मेदवार : नारायणकाजी र वेदुराम भुसाल पनि समेटिए

oli-prachanda-nekapa_20190121014404_toXtJ5w5yu

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ । शुक्रबार बिहान बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले आउँदो मंसिर ९ गते राष्ट्रिय सभा सदस्य सङ्ख्याको एक तिहाइ सदस्यका लागि हुन लागेको चुनावका लागि उम्मेदवार चयन गरेको हो ।  

 प्रदेश १ मा नेकपाले इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ ।यस्तै प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरिएकाे छ ।

यस्तै नेकपाले प्रदेश ३ बाट महिलामा गङ्गा बेलबासे र अन्यमा वेदुराम भुसाललाई उम्मेदवार बनाएको छ ।  गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ । प्रदेश ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्देवार चयन गरिएको छ ।  प्रदेश ६ मा नेकपाले महिलाबाट सुनिता बिसी र अन्यबाट मायाप्रसाद शर्मालाई उम्मेदवार छानेको छ । सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउँदा अन्यबाट तारामान स्वाँरको नाम परेको छ । 

Facebook Comments Box
TOP