कांग्रेसको क्षेत्रीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला
भवानी अधिकारी/स्याङ्जा :
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, संघीय निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा निर्वाचन क्षेत्र (ख) अन्र्तगत अगुवा कार्यकर्ता प्रशिक्षण भेला गरेको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य बद्री पाण्डेले नेकपा र बर्तमान सरकारका गतिबिधी, नेपाली जनता, नेपाली कांग्रेसका बारेमा प्रशिक्षित गराउनुभएको थियो ।
बर्तमान सरकारले गोदाबरी, वाइडबडी, सुन, बुढीगण्डकी, एनसेल लगायतका धेरै काण्डमा मुछिएको बताउदै सबै पार्टीका सहमतिको दस्तावेज संबिधानको संरक्षण, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महँगी नियन्त्रणका लागि नेपाली कांग्रेस एकजुट हुनु पर्नेमा उहाको भनाई छ ।
कार्यक्रममा महासमिति सदस्य एवं अधिवक्ता तुलसी गिरीले इतिहासदेखि बर्तमान अवस्थासम्म नेपाली कांग्रेसका आन्दोलनका चरण, राष्ट्र र मुलुक निर्माणमा पुरयाएको योगदान र अव पनि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गर्नुपर्ने कार्यका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कांग्रेसका मंन्जु पनेरु, कमलबहादुर सापकोटा र सुरेन्द्र रेग्मी लगायतले जिज्ञासा एवं सुझाव दिनुभएकोे थियो ।

यसैगरी, नेपाली कांग्रेसको बिभिन्न अभियानमा सहभागी बन्दै सहयोग पुरयाउदै आएको भन्दै ९० बर्षिय भोलानाथ लम्साललाई सम्मान गरिएको छ । राष्ट्रियसभा सदस्य बद्री पाण्डे, संबिधानसभा सदस्य राजु थापा, प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल, कार्यवाहक सभापति कुमार राना लगायतले सम्मान गर्नुभएको हो ।
प्रदेश (ख) का क्षेत्रीय अध्यक्ष जनकराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य बिष्णुप्रसाद काफलेले स्वागत एवं सचिव रामजी भण्डारीले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


