कांग्रेसले बुझायो सूचना प्रविधि विधेयकविरुद्ध ज्ञापनपत्र

भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेस स्याङजाका नेता तथा कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई सूचना प्रविधि विधेयकविरुद्ध ज्ञापनपत्र बुझाएका छन् ।
केन्द्रिय समितिको निर्देशन अनुसार कांग्रेस नेता तथा कार्यकर्ताहरुले विरोधपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए । कार्यबहाक जिल्ला सभापति बुद्धिबहादुर राना कुमारको नेतृत्वमा राष्ट्रियसभा सदस्य खगेन्द्रराज रेग्मी, संबिधानसभा सदस्य मोहनप्रसाद पाण्डे, राष्ट्रियसभा उम्मेदवार एवं स्वतन्त्रता सेनानी सूर्यप्रसाद रेग्मी लगायतको जम्बो समूहले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई उहाकै कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएका हुन ।
सभापति रानाद्धारा हस्ताक्षरित पत्रमा वर्तमान सरकारले एकपछि अर्को गर्दै नागरिकका अधिकार हनन गर्न उद्दत रहेको भन्दै सूचना तथा संचार प्रबिधि बिधेयकमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । संबिधानको भावना र मर्म बिपरित समावेश गरिएकोमा घोर आपत्ती र भत्र्सना जनाउदै लोकतान्त्रिक मूल्य र मान्यता विपरित तथा मौलिक अधिकार, प्रेस स्वतन्त्रता, अभिब्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्नेगरी ल्याइएका बिधेयक नेपाली जनतालाई स्वीयकार्य नहुने जनाइएको छ । सूचना तथा संचार प्रबिधि बिधेयक संशोधन सहित पारित गर्न नेपाली कांग्रेसले गरेको सहज मागलाई वेवास्ता गरेमा त्यसका विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
विधेयकले नागरिकको फोन ट्यापिङ समेत गर्न सक्ने र सामाजिक सञ्जालमा व्यंग गरेवापत पाँच वर्ष जेल र १५ लाख जरिवाना तोकिने प्रावधानले अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको अधिकार हनन गरेको भन्दै त्यसविरुद्ध सबै नागरिक समाज पनि सडकमा आउनुको विकल्प नहुने कांग्रेसजनको भनाई छ ।
ज्ञापनपत्र बुझदै प्रजिअ कुरुम्वाङले आफुलाई प्राप्त पत्र तत्काल प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रेसित गर्ने जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…