नमस्ते सहकारी : कमाएर होईन बचाएर धनी बनिन्छ – नगर प्रमुख खाँण
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले कमाएर मात्रै नभई बचाएर धनी भईने भएकाले बचत गर्नका लागि जोड दिनुभएको छ ।
वालिङ ८ मोडमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै नगर प्रमुख खाँणले आर्थिक आम्दानी धेरै हुने तर बचत भएन भने धेरै आम्दानी हुनुको अर्थ नहुने भएकाले वचत गर्ने बानीको विकास गर्दै आर्थिक समृद्धितर्फ लाग्न सुझाव दिनुभयो ।
“अबको युग आर्थिक समृद्धिको युग हो” नगर प्रमुख खाँणले भन्नुभयो, “घर घरको विकास नभई समुदाय, नगर र देशको विकास हुँदैन ।”
कार्यक्रममा संस्थापक अध्यक्ष विष्णु पौडेलले यस सहकारीले यहाँको आर्थिक र सामाजिक विकासका लागि योगदान दिदंै आएको बताउनुभयो । युवाहरुद्वारा सञ्चालित यस सहकारीले स्थापनाको छोटो अवधिमै छुट्टै पहिचान बनाउन सफल भएको संस्थापक अध्यक्ष पौडेलको भनाई थियो ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदी, राष्ट्रिय सहकारी बैंक वालिङका सहायक प्रवन्धक दिपेन्द्र घिमिरे, वडा नं. ८ का वडा सदस्य चेतनारायण श्रेष्ठ, रामबाच्छा वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक खिलराज पाठक, संस्थाका पूर्व प्रवन्धक शंकर सुवेदी, शेयर सदस्य पार्वती पंगेनी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष गोबिन्द तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बिजय कोईराला, स्वागत उपाध्यक्ष बिनोद पराजुलीले र धन्यवाद ज्ञापन सदस्य महेश रेग्मीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


