नमस्ते सहकारी : कमाएर होईन बचाएर धनी बनिन्छ – नगर प्रमुख खाँण
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले कमाएर मात्रै नभई बचाएर धनी भईने भएकाले बचत गर्नका लागि जोड दिनुभएको छ ।
वालिङ ८ मोडमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै नगर प्रमुख खाँणले आर्थिक आम्दानी धेरै हुने तर बचत भएन भने धेरै आम्दानी हुनुको अर्थ नहुने भएकाले वचत गर्ने बानीको विकास गर्दै आर्थिक समृद्धितर्फ लाग्न सुझाव दिनुभयो ।
“अबको युग आर्थिक समृद्धिको युग हो” नगर प्रमुख खाँणले भन्नुभयो, “घर घरको विकास नभई समुदाय, नगर र देशको विकास हुँदैन ।”
कार्यक्रममा संस्थापक अध्यक्ष विष्णु पौडेलले यस सहकारीले यहाँको आर्थिक र सामाजिक विकासका लागि योगदान दिदंै आएको बताउनुभयो । युवाहरुद्वारा सञ्चालित यस सहकारीले स्थापनाको छोटो अवधिमै छुट्टै पहिचान बनाउन सफल भएको संस्थापक अध्यक्ष पौडेलको भनाई थियो ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदी, राष्ट्रिय सहकारी बैंक वालिङका सहायक प्रवन्धक दिपेन्द्र घिमिरे, वडा नं. ८ का वडा सदस्य चेतनारायण श्रेष्ठ, रामबाच्छा वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक खिलराज पाठक, संस्थाका पूर्व प्रवन्धक शंकर सुवेदी, शेयर सदस्य पार्वती पंगेनी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष गोबिन्द तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बिजय कोईराला, स्वागत उपाध्यक्ष बिनोद पराजुलीले र धन्यवाद ज्ञापन सदस्य महेश रेग्मीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


