जनताको आधारभुत आवश्यक्ता परिपूर्तीका लागि सरकार चिन्तित छ : मन्त्री अर्याल

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको आधारभुत आवश्यकता परिपूर्तीका लागि रकार चिन्तित् रहेको बताउनु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका १ स्थित रामबाच्छा सिरेटारी खानेपानी आयोजनाको शिलन्यास गर्दै मन्त्री अर्यालले जनता भएको ठाँउ र बस्ती भएको ठाँउमा यातायात, खानेपानी, स्वास्थ्य र शिक्षाको पहुच पुग्नुपर्ने धारणा राख्नु भएको हो । न्युनतम जनतालाई आधारभुत आवश्यकता पुरा गर्नुपर्ने दायीत्य सरकारको रहेको बताउदै मन्त्री अर्यालले यही भिजनका साथ सरकार अगाडि बढेको बताउनु भयो ।


मुलुकको सुशासन, विकास र समृद्धिको यात्रा हावाको गतिमा अगाडि बढेको छ मन्त्री अर्यालले भन्नुभयो,“अब सरकार कुनै जनता विकासका योजनाबाट बन्चित हुनैछैनन् ।” जनतालाई आयआर्जन लक्षित कार्यक्रम सरकारले अगाडि सारेको उहाँले बताउनु भयो । जनतालाई खाने सिप उपलव्ध नगराए सम्म समृद्धि हासिल हुदैन मन्त्री अर्यालले भन्नुभयो,“सिपमुलक तालिम केन्द्र स्थापनाका लागि सरकार लागेको छ ।” एक घर एक खानेपानीको धारा भन्ने अभियानका साथ केन्द्रिय सरकार लागेको बताउदै मन्त्री अर्यालले प्रदेश र स्थानीय सरकारलाई पनि यो अभियानमा सघाउन आग्रह गर्नुभयो ।
स्याङ्जाको विकासका लागि आफु योजनाबद्ध ढंगबाट अगाडि बढेको मन्त्री अर्यालको भनाई छ । सिपमुलक तालिम केन्द्र पहिला स्याङ्जामा स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री अर्यालले समृद्धि सगँ जोडिन आय आर्जनको आवश्यकता पर्छ । त्यसैले सरकार गरिबी न्युनिकरणका लागि आवश्यकता अनुसारको सिपमुलक तालिम अब जनतालाई दिने अभियानमा छ मन्त्री अर्यालले भन्नुभयो ।

खानेपानी आयोजनाको शिलन्यास गर्दै मन्त्री पद्माकुमारी अर्याल लगायत । तस्विर : राधाकृष्ण डुम्रे


शिलन्यास कार्यक्रममा गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मीले प्रदेश सरकार २ बर्ष भित्र जनतालाई खानेपानी अभाव हुन नदिनेगरी अगाडी बढेको बताउनु भयो । जनताको आवश्यकता अनुसार विकासे योजना तयार गर्दै प्रदेश सरकार अगाडी बढेको धारणा रेग्मीको छ । वालिङ नगर प्रवक्ता तथा वडा अध्यक्ष केदार काफ्ले, खानेपानीका अध्यक्ष झलकनारायण काफ्ले, सचिव गिरमान गुरुङ र कोषाध्यक्ष पदमराज गुरुङ्ले यो आयोजनाले यहाँका बासीन्दालाई खानेपानीको अभाव नहुनेमा विश्वास व्यक्त गरे ।
लिफ्टििङ प्रणाली बाट निर्माण हुन लागेको खानेपानी ८ करोड, ५४ लाख, ८२ हजार ९ सय ६३ रुपैया बजेट प्रारम्भीक प्रतिवेदन अनुसार विनियोजन भएको छ । यो खानेपानी सम्पन्न भएपछि रामबाच्छा बजारवासी लाभान्वित हुनेछन् । खानेपानीको अभाव झेलीरहेका रामबाच्छा बजारवासीका लागि मन्त्री अर्यालकै पहलमा यो आयोजना आएको समितिले जनाएको छ । करिव ८ महिनामा सम्पन्न हुनेगरी यो आयोजनाको काम शुरु गरिएको छ ।

Facebook Comments Box
TOP