राष्ट्रिय दलित पत्रकार संघ पाल्पा शाखाको अध्यक्षमा विश्वकर्मा
आँधीखोला खबर/पाल्पा :
राष्ट्रिय दलित पत्रकार संघ नेपाल पाल्पा शाखाको अध्यक्षमा मिलन विश्वकर्मा चयन भएका छन् । शुक्रबार तानसेनमा सम्पन्न प्रथम जिल्ला भेलाले अध्यक्षमा विश्वकर्मालाई सर्वसम्मत चयन गरेको हो । स्याङ्जाको कालिगण्डकी गाँउपालिकाका स्थायी बासिन्दा विश्वकर्मा थाहा सञ्चार नेटवर्क र थाहाखबरका पाल्पा जिल्ला समाचारदाता हुन् । उनी यसअघि स्थानीय सामुदायीक रेडियो मुक्तिनाथ एफएममा समचार प्रमुखदेखि स्टेशन म्यानेजर पदमा रहि भूमिका निर्वाह गरेका थिए । उनले पाल्पामा रहेर विगत १३ वर्षदेखि पत्रकारित गर्दै आएका छन ्।
संघको उपाध्यक्षमा डोलबहादुर विक, सचिवमा विजय बौडेल, सह–सचिवमा संगिता दर्नाल, कोषाध्यक्षमा सन्तोष गहतराज चयन भएका छन्। यस्तै सदस्यहरुमा सुवास विसी, सुकुम नेपाली, सरिता विक, सञ्जु परियार चयन भएको संघका सल्लाहकार किरण कौशलले बताए।
भेलाका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले समाजमा विद्यमान अवस्थामा रहेको जातीय विभेद अन्त्यको लागि जोडदार कलम चलाउन सुझाव दिए । जातीय विभेदका विरुद्ध कानुन बनेको छ उनले भने सरोरकारवाला निकायसँग जातीय विभेदका बारेमा गम्भीर छलफल र बहस सञ्चालन गरेर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । पत्रकारले कलम मार्फत खबरदारी गर्नुपर्छ उनले थपे ।
राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले संघ दलित समुदायको हकअधिकारको लागि साझा मञ्च भएको बताए । दलित समुदायका पत्रकारको संख्या न्यून हुनु र टिकाउन चूनौती रहेकोले राज्यको ध्यान यसतर्फ जानुपर्नेमा उनले जोड दिए ।
सामाजिक संरचना अनुसार दलित समुदायका पत्रकारलाई अझैपनि काम गर्न कठिन हुने गरेको नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले बताए। सबै समुदायका पत्रकारले यस्तो विभेदका विरुद्ध एकपटक कलम चलाउनुपर्ने उनले बताए ।
कार्यक्रममा प्रेस संगठन नेपाल पाल्पाका संयोजक राजेन्द्र लिगल, दलित अगुवा राजेन्द्र विश्वकर्मा, ठाकुर प्रसाद लोहागुन, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दीपक विश्वकर्मा, दलित अधिकारका लागि साझा अभियान पाल्पाका अध्यक्ष विष्णु बोमरेल, पूर्व अध्यक्ष तीर्थप्रसाद गौतमले समाजमा रहेको विकृति अन्त्यको लागि कलम चलाउन सुझाव दिदै नयाँ नेतृत्वलाई बधाइ तथा शुभकामना दिएका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


