भू-सेवा केन्द्र तथा मालपोत अनलाइन प्रणाली संचालन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ।

कमल रेग्मी /स्याङ्जा :

मालपोत कार्यालय स्याङ्जाको आयोजना र भुमि व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल, काठमाण्डौको सहजिकरणमा भू-सेवा केन्द्र तथा अनलाइन प्रणाली संचालन सम्बन्धी प्रशिक्षण कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ ।कार्यक्रमको बिषयवस्तु माथि प्रकाश पार्दै भुमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक शिब कुमार पोखरेलले  भू-सेवा केन्द्र सञ्चालनको लागि अनुमति लिने/दिने प्रक्रिया, भू-सेवा केन्द्र सञ्चालन गर्ने प्रयोगकर्ताहरु, भू-सेवा केन्द्र सञ्चालनको लागि आवश्यक योग्यता, अनुमति पत्रको दस्तुर, अवधि तथा नवीकरण, अनुमति रद्द ,धरौटी वा बैक जमानत जफत तथा फिर्ता सम्बन्धी बिषयहरुको जानकारी दिनु भएको थियो ।

भू-सेवा केन्द्र सञ्चालन निर्देशिका, २०७६ मा भएका मुख्य मुख्य व्यवस्थाहरू विभागको Website http://dolma.gov.np  मा गएर हेर्न र डाउनलोड गर्न सकिने कुरा पनि उहाँले उल्लेख गर्नु भयो  ।जिल्ला समन्वय समिती स्याङ्जाको सभा हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको औपचारिक सत्र भुमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत संजिब नेपालले संचालन गर्नु भएको थियो भने प्राविधिक सत्रको संचालन निर्देशक शिब कुमार पोखरेल, कम्प्युटर अधिकृत बलराम काफ्ले तथा सहजिकरण शाखा अधिकृत काजी बहादुर बिस्टले गर्नु भएको थियो।

उक्त कार्यक्रममा मालपोत कार्यालय स्याङ्जाको कार्यक्षत्राधिकार भित्रका ७ वटा  स्थानिय तहका सुचना प्रविधि अधिकृत, वडा सचिव, कम्प्युटर अपरेटर, बैंक, सहकारी तथा वित्तीय संस्थाका प्रतिनिधिहरु, कानुन व्यवसायी व्यक्ति तथा संस्थाका प्रतिनिधिहरु, लेखापढी व्यवसायी व्यक्ति तथा संस्थाका प्रतिनिधिहरु, घर जग्गा कारोबारी, रियल स्टेट, हाउजिङ कम्पनि तथा इजाजतप्राप्त व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उत्तरार्धमा बोल्दै मालपोत कार्यालय स्याङ्जाका अधिकृत प्रकाश पौडेलले हिजोको ढंगले अबको प्रशासन नचल्ने, कार्यालयहरु डिजिटल कम्पिटेन्सीमा एडाप्ट हुनु पर्ने कुरा ब्यक्त गर्नु भयो  । पब्लिक एक्सेस मोड़ुल(PAM) लागु गरी भू-सेवा संचालन गरि मालपोत कार्यालय र स्थानीय तह बन्धित हुने कुरा राख्दै जनता तथा सेवाग्राहीमैत्री वातारणको स्थापनाका लागि स्थानीय तह संग सहजीकरण गरेर अगाडी बढ्ने अठोट ब्यक्त गर्नु भयो ।

Facebook Comments Box
TOP