स्वास्थ्य चौकीलाई निःशुल्क ५ रोपनी जग्गा दान
आँधीखोला खबर/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका–३, माझकोट स्वास्थ्यचौकीको भवन निर्माणका लागि दुई जना स्थानीयले ५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्थानीय हर्कबहादुर गुरुङ र ननबहादुर गुरुङले व्यक्तिगत जग्गा स्वास्थ्य चौकीको नाममा नामसारी गरिदिएको वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष सुकराज गुरुङले बताउनु भयाे । स्वास्थ्यचौकीका नाममा प्राप्त जग्गामा सुविधासम्पन्न भवन बनेपछि स्थानीयले सहजै स्वास्थ्य सेवा पाउने उहाँको भनाइ छ ।
नगरपालिकाको माझकोट लगायत वरपरका बासिन्दालाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सुविधासम्पन्न भवनको निर्माण आवश्यक छ । त्यसका लागि उपयुक्त जग्गाको अभाव रहेकाले आफूले जग्गा दान गरेको स्थानीय हर्कबहादुर गुरुङले बताउनु भयाे । ‘जग्गादान गर्नुमा हाम्रो एउटै स्वार्थ छ,’ उहाँले भन्नुभयाे, ‘स्वास्थ्यचौकीको अभावमा कसैले अकालमै ज्यान गुमाउनु नपरोस् ।’
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


