स्वास्थ्य चौकीलाई निःशुल्क ५ रोपनी जग्गा दान

आँधीखोला खबर/वालिङ :

स्याङ्जाको वालिङ नगरपालिका–३, माझकोट स्वास्थ्यचौकीको भवन निर्माणका लागि दुई जना स्थानीयले ५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्थानीय हर्कबहादुर गुरुङ र ननबहादुर गुरुङले व्यक्तिगत जग्गा स्वास्थ्य चौकीको नाममा नामसारी गरिदिएको वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष सुकराज गुरुङले बताउनु भयाे । स्वास्थ्यचौकीका नाममा प्राप्त जग्गामा सुविधासम्पन्न भवन बनेपछि स्थानीयले सहजै स्वास्थ्य सेवा पाउने उहाँको भनाइ छ ।  

नगरपालिकाको माझकोट लगायत वरपरका बासिन्दालाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सुविधासम्पन्न भवनको निर्माण आवश्यक छ । त्यसका लागि उपयुक्त जग्गाको अभाव रहेकाले आफूले जग्गा दान गरेको स्थानीय हर्कबहादुर गुरुङले बताउनु भयाे । ‘जग्गादान गर्नुमा हाम्रो एउटै स्वार्थ छ,’ उहाँले भन्नुभयाे, ‘स्वास्थ्यचौकीको अभावमा कसैले अकालमै ज्यान गुमाउनु नपरोस् ।’

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP