माघे संक्रान्ती सबैको साझा पर्वको रुपमा मनाऔं : संघिय सांसद मरासिनी
भवानी अधिकारी/स्याङ्जा :
माघे संक्रान्ती पर्वको पूर्व सन्ध्यामा बाडखोला प्रगतीनगर मगर समाज बाडखोलाले र्याली सहित शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पुतलीबजार नगरपालिका ३ स्थित बाडखोलामा रहेको आफनै भवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको उदघाटन गर्दै संघीय संसद नारायणप्रसाद मरासीनीले माघे संक्रान्ती सबैको पर्वको रुपमा मनाउनु पर्ने बताउदै नेपाली कला, संस्कृती र परम्परालाई जर्गेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठ, गण्डकी प्रदेश मगर संघका सचिव हेमन्त थापा मगर, जिल्लाका कोषाध्यक्ष लक्ष्मी थापा लगायतले शुभकामना ब्यक्त गर्दै माघे संक्रान्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनु पर्नेमा जोड दिनुभएको थियो । वाडखोला मगर समाजका अध्यक्ष भरत रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य गीता रानाले स्वागत एवं सदस्य खुमबहादुर रानाले संचालन गर्नुभएको थियो । मगर भेषभुषा सहित सजिएका युवा युवती सहितको रयाली बिष्णु पधेराबाट निस्केर बाडखोलमा पुगेर सभामा परिणत भएको थियो ।

यसैबीच, गण्डकी प्रदेश सरकारले माघ १ गते भोली सार्वजनिक विदा दिने भएको छ। माघे संक्रान्तिका दिा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


