नायब सुब्बामा हजार पदमा विज्ञापन हुँदै
लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चरणमा पु¥याएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गर्ने निश्चित भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा गरी नायब सुब्बा स्तरमा एक हजार पद रिक्त छ । सोही रिक्त पदमा सम्बन्धित कार्यालयको मागका आधारमा लोकसेवा आयोगले पदपूर्ति गर्न लागेको हो ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार बुधबार लोकसेवा आयोगद्वारा माग गर्न लागिएको पदमध्ये प्रशासनतर्फ ४ सय, लेखातर्फ १ सय बढी र राजस्वतर्फ झन्डै ५० छ ।
यसैगरी कृषि वनलगायत अप्राविधिक सेवातर्फ झन्डै ५ सय पदमा विज्ञापन आह्वान हुन सक्ने लोकसेवा आयोगले जनाएको छ । यसअघि संघीय मामिला मन्त्रालयले कर्मचारी समायोजन र पदस्थापनको कारण देखाएर नायब सुब्बामा तत्काल भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको थियो तर कर्मचारी अभावमा संघीय कार्यालयको काम प्रभावित हुने भएपछि मन्त्रालयले आफ्नो निर्णय सच्याउँदै भर्ना खुला गर्ने निर्णय गरेको थियो । हाल विभिन्न जिल्लामा मालपोत र प्रशासन कार्यालयमा ठूलो संख्यामा सुब्बा पद रिक्त रहँदा काम प्रभावित हुँदै आएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


