‘ईमर्जिङ क्लव अफ द डिस्ट्रिक’ को रुपमा लियो क्लव अफ वालिङ सम्मानित ।
आँधीखोला खबर :
लियो क्लव अफ वालिङ ‘ईमर्जिङ क्लव अफ द डिस्ट्रिक’ को रुपमा सम्मानित भएको छ ।
चितवनको सौराहामा भएको लियो जिल्ला परिषद ३२५ बि १ नेपालको दोस्रो काउन्सिलमा क्लवलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाल प्रहरीका आईजिपी सर्बेन्द्र खनालले अवार्ड मार्फत लियो क्लव वालिङलाई सम्मान गर्नु भएको हो ।
झण्डै ५ महिना अगाडि स्थापना गरिएको क्लवले केही समय पहिले आधिाकारिकता पाएको थियो । स्थापनाको छोटो अवधीमा नै उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै क्लवलाई सम्मानित गरिएको बताईएको छ । अवार्डले आफूहरुलाई झनै उत्साहित बनाएको क्लवका अध्यक्ष बिदुषा बस्नेतले बताउनु भयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


