लियो क्लब अफ वालिङ सिटिको चार्टर हस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न ।
राधाकृष्ण डुम्रे/वालिङ :
लियो क्लब अफ वालिङ सिटिको चार्टर हस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ वालिङ सिटिको मातृत्वमा स्थापना भएको लियो क्लव वालिङका पदाधिकारीहरुको आज पदस्थापन गरिएको हो ।
झण्डै छ महिना अगाडि स्थापना गरिएको क्लवले मान्यता पाएसँगै लायन्स क्लव ३२५ बि वान का लियो अध्यक्ष बिनायक पौडेलले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई चार्टर हस्तान्तरण गर्दै पदस्थापन गराउनु भएको हो । होटल भेनसमा आयोजना गरिएको कार्यक्रम वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लायन्स क्लवका जोन चियर प्रसन रामचन्द्र पोख्रेल,पढाउ अभियानका चिफ चण्डी प्रसाद अर्याल, लायन्स क्लवका रिजन चियर प्रसन कुलचन्द्र शर्मा, लायन्सका जनसम्पर्क अधिकृत ( PRO) ओम थापा, चाईल्ड एभ्युज अवारनेसका चियर प्रसन चेतनारायण श्रेष्ठ, लायन्स क्लव अफ स्याङ्जा पुतलिबजारका अध्यक्ष श्री गुरुङ, लायन्स क्लव अफ गल्याङका अध्यक्ष जनक श्रेष्ठ, लायन्स क्लव अफ ग्रिन होम वालिङका अध्यक्ष सजना कँढेल, लायन्स क्लव अफ वालिङका पुर्ब अध्यक्षहरु सीताराम अधिकारी, सरस्वती तिवारी र बिष्णु गैह्रे, राजेन्द्र बराल लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै मातृ संस्था लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले लियोको स्थापना सँगै युवाहरुलाई एकत्रित गराएर हिड्न पाएकोमा उत्साहित भएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि लियोमा आवद्ध युवाहरुको साथ र सहकार्यमा काम गर्ने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो, लिओको प्रत्येक सामाजिक कार्यमा हाम्रो सहयोग र सद्भाव रहनेछ ।
कार्यक्रममा लियो क्लब अफ वालिङका अध्यक्ष बिदुसा बस्नेतले आफ्नो योजना र भाबी कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
क्लवका अध्यक्ष बिदुसा बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष दिक्षान्त प्रताप खाँण र सञ्चालन लिओ क्लवका सचिव पवन लम्सालले गर्नु भएको थियो ।


समाचार
थप सामाग्री
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
५ दिन अगाडि
काठमाडौँ : नेकपा एमालेले देशभरका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले आगामी निर्वाचनका लागि…


