द रोड साईड क्याफे संचालक कृष्णले ल्याए नयाँ स्वादमा ‘ कर्ण कफी ’

भवानी अधिकारी/स्याङजा :
भ्रमण बर्ष २०२० को अवसर पारेर स्याङजाको द रोड साइड क्याफेले कफीमा नयाँ मेनु थप गरेको छ । पुतलीबजार नगरपालिका वडा नं. ११ करेण्डाडाँमा स्थापित सिद्धार्थ राजमार्गमा अवस्थित जिल्लाकै नमूना क्याफेले ‘कर्ण कफी’ नाम दिएर नयाँ मेनु थप गरेको हो ।
झण्डै ६ बर्षदेखि सिद्धार्थ राजमार्ग क्याफे संचालन गरेर स्थानीय कफीको प्रमोशन गर्दे आएका युवा उद्यमी ४४ बर्षे कृष्णजंग केसीले कर्ण कफीको नयाँ स्वाद शुक्रवारदेखि बजारमा ल्याउनु भएको हो । उहाले स्याङजामा उत्पादित कफीलाई नयाँ स्वादमा ल्याएको जनाउनुभयो ।
सफल ब्यवसायी, पर्यटनबीद, उद्यमी तथा सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यले क्याफेमा आयोजित कार्यक्रममा नयाँ स्वादको कफी पिएर शुभारम्भ गर्नुभयो । शाक्यले आफनो नाम द्धारा राखिएको कफीको नयाँ मेनुको स्वाद पिएर सुरु गर्दै कफीको नयाँ स्वादको तारिफ गर्नुभयो । नयाँ स्वादमा आएको कफी प्रशंनीय रहेको बताउदै धान उमार्ने किसान र धन उमार्ने उद्यमीको राज्यले समयमै पहिचानगरी उनीहरुको हौसला बढाउनु पर्नेमा जोड दिनुभयो ।


रोजगारका लागि लण्डन बस्दा कर्ण शाक्यको ‘सोच’ भन्ने पुस्तक पढेर आफनै गृह जिल्ला स्याङजा फर्कन प्रेरित भएको र उहालाई गुरु मानेको क्याफे संचालक केसीको भनाई छ । लण्डन जस्तो देशको सुख सयल, मनोरंजन सबैलाई त्यागेर उहा अहिले नेपालको माटोमा रमाउनुभएको छ । आफु जस्तै धेरै युवालाई विदेशमा होइन, स्वदेशमै धेरै संभावना छ भन्दै सुझाव दिनुहुन्छ । उहाले भन्नुभयो ‘सोच पुस्तक पढेपछि नेपालमा धेरै संभावना देखें अनि फर्किए । पुस्तकका लेखक शाक्यलाई गुरु माने र आफना बुवा भूमिजंग केसीको कामलाई सहयोग गरे । बजार ब्यवस्थापनमा निरन्तरता दिए ।’ केसीका बुवा स्याङजाका अग्रणी किसान हुनुहुन्छ । झण्डै ६० रोपनी क्षेत्रफलको उहाको बगैंचामा सुन्तला, कफी लगायतका बिभिन्न जातका फलफल छन । उहाले अर्गानिक कफी उत्पादन गर्नुहुन्छ । अन्र्तरािष्ट्रय स्तरको उत्कृष्ठ कृषक एफएओ पुरस्कारबाट समेत उहा सम्मानित हुनुभएको हो ।
घर नजिकै राजमार्ग छेवैमा स्थानीय स्तरमा उपलब्ध हुने सामान्य काठ, दाउरा, बास र टिनको प्रयोग गर्दे उनले क्याफे संचालन गरिएको छ । सफा, चिटिक्क र बिभिन्न स्वादका कफी लगायत खाजा समेत पाईने हुदाँ क्याफेमा दिनहुँ मानिसको भीड हुन्छ । दर्जनौं यात्रुवाहक बस, टयाक्सीहरु क्याफे अगाडी टक्क अडिन्छन । कफी पिउछन । खाजा खान्छन । अनि आफनो बाटो लाग्छन । यात्रीका यात्राको थकान मेट्ने केन्द्र बनेको छ क्याफे ।
लामो समयदेखिको कफीको अध्ययन पछी बिभिन्न ७ वटा कफीका कच्चा पदार्थको संम्रिक्षणबाट नयाँ कर्ण कफीको मेनु तयार पारिएको क्याफे संचालक कृष्णजंग केसीले जानकारी दिनुभयो । ‘यसअघि निकै प्रचलित र बिदेशी कफी पारखीका बढी माग हुने ‘कफी लाटे, एक्सप्रेसो, क्यापेचिनो, अमेरिकानो’ झैं कर्ण कफी स्याङजाको व्राण्डमा तयार पारे विश्वभर चिनाउने अभियानमा जुट्नेछुे’ केसीले थप्नुभयो ‘यी मध्ये भिन र स्वादिलो स्वाद भएका कारण कफीका पारखीहरूको मन जित्न सक्नेछु ।’ कफी चिसो र तातो दुबै स्वादमा पाइन्छ ।
त्यसो त, जिल्लाकै अग्रणी र सफल किसान भूमिजंग केसी, स्थानीय समाजसेवी निलकण्ठ लामिछाने, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, युवा किसान बोधराज अर्याल, उद्योग वाणिज्य संघ स्याङजाका निवर्तमान अध्यक्ष एवं ब्यवसायी नवराज सुवेदी, तृतीय उपाध्यक्ष सुनिता पौडेल लगायतले कर्ण कफीमा निकै स्वादीलो उत्कृष्ठ स्वादमा भएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।
कास्की, (पोखरा) स्याङजा, पाल्पा हुदै लुम्बिनीसंग जोड्ने प्रमुख राजमार्ग हो सिद्धार्थ राजमार्ग । पोखराबाट सुरु भै सुनौलीसम्म १ सय ८४ किलोमीटर लामो यात्रामा ओहोर दोहोर गर्ने जो कोही पनि यही मार्ग भएर गुड्ने गर्दछन । त्यसो त, लुम्बिनी — पोखरा र सुनौलीको धार्मिक एवं पर्यटकीय भ्रमणका लागि पनि यही मार्ग भएरै हिड्नु पर्ने भएका कारण दिनहुँ सयौं बिदेशी तथा स्वदेशी पर्यटकका लागि क्याफे केन्द्र बिन्दुमा पर्दछ । दिनहुँ सयौं स्वदेशी तथा विदेशी पर्यटकले यहाँ खाजा र कफी पिउने गरेका छन् ।
स्याङजामा सुन्तला जस्तै कफीको पनि उर्वर क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कफी सुपरजोन परियोजना कार्यान्वयन इकाई गुल्मी सहित स्याङजा, अर्घाखाँची, प्यूठान र पाल्पा जिल्लालाई समेटेर कफी सुपरजोन बनाइएको छ । स्याङजामा उत्पादित कफी बर्षेनी ६ देखि १० मेट्रिक टन कफी जापान लगायतका अन्य मुलुकमा निर्यात हुदै आएको छ ।

Facebook Comments Box
TOP