पोषणमा सुधार ल्याउन कालिगण्डकीमा सर्बोत्तम पिठो बनाउने तालिम सञ्चालन
आँधीखोला खबर/कालिगण्डकी- स्याङ्जा :
कालिगण्डकी गाँउपालिकाको आयोजनामा पोषण प्रवर्धन कार्यक्रम अन्तरगत सर्बोत्तम पिठो बनाउने तालिम सम्पन्न भएको छ । सो अवसरमा बोल्दै कालिगण्डकी गाँउपालिकाका अध्यक्ष खिम बहादुर थापाले बालबालिकालाई कुपोषणबाट बचाउन तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । तालिमले महिलाहरुलाई व्यवशायीकता तर्फ अगाडि बढाउन सहयोग गर्ने बताउनु भयो ।
त्यस्तै सुआहारा दास्रो अन्तरगत दियालो सुआहाराका परियोजना प्रवन्धक ओमसुवा गुरुङले यस्ता तालिमले सुनौला हजार दिनका आमा र बच्चाहरुको पोषणमा प्रत्यक्ष प्रभाव पार्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रमा जिल्ला सुआहारा स्याङ्जाका पोषण अधिकृत सम्पूर्ण राईले स्थानीय स्तरमा सजिलै उपलब्ध हुने खाद्यान्नबाट पोषण प्रवर्धन गर्न सकिने जानकारी दिनुभयो ।

त्यस्तै तालिमका प्रमुख प्रशिक्षक खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोख्रेलले गाँउघरमा पाईने खाद्यान्नहरु कोदो, फापर,कागुनो आदिको कम प्रयोग हुने गरेको भन्दै यसको प्रयोग बढाउन जरुरी रहेको धारणा राख्नुभयो ।
तालिममा सन्तुलित पोषण तत्वको महत्व, पत्रु खानाको असर, खाद्यास्वच्छता, खााद्य लेवल र सुरक्षित खाद्य व्यवशाय कसरी गर्ने लगायतका बिषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिईएको थियो ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


