कालीगण्डकी सहकारीले गल्याङ क्षेत्रमा उदाहरणीय काम गरेको छ : अध्यक्ष विश्वकर्मा
टिकाराम अधिकारी/गल्याङ :
नेपाल उत्पीडित दलित समाज विकास समिति स्याङ्जाका अध्यक्ष कुल बहादुर विश्वकर्मा कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले समाजमा अनुकरणीय कार्य गरेको कुरा ले बताउनु भएको छ ।
शनिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ स्थित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै कुल बहादुर विश्वकर्माले सो कुरा बताउनु भएको हो ।
उहाँले २०६३ सालमा गल्याङ क्षेत्रमा दर्ताका हिसाबले पहिलो सहकारी भएको बताउदै त्यस अवस्था देखिनै सहकारीले नाफा कमाउने भन्दा पनि सामाजिक उत्तरदायित्व र रचनात्मक कार्यमा अगाडी वढेको बताउदै आफ्नै भवनबाट कारोबार गर्ने वातावरण बनाउन समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा संस्थाका लेखा समिति संयोजक केशबराज न्यौपाने, उत्कृष्ठ निक्षेपकर्ता डिल्लीराम भण्डारी, पत्रकार टिकाराम अधिकारी, शेयर सदस्य सुमित्रा खडका लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा असल ऋणि कुष्ण कुमारी सोमैं, उत्कृष्ट बचत कर्ता डिल्लीराम भण्डारी, उत्कृष्ट बाल वचतकर्ता प्रमिसा पराजुली, पत्रकार टिकाराम अधिकारी र केपी खनाललाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष महेस भट्टराईले सहकारीको प्रगती प्रतिबेदन पेश गर्दै संस्थाले ६० जना युवायुवतीहरुलाई युवा स्वरोजगारको कार्यक्रम सञ्चालन गरेको र रेमिटेन्स सेवा, बाल बचत ,स्वऐच्छिक सेवा, मद्वती बचत,महिला पेवा बचत जस्ता सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष बलराम श्रेष्ठले संस्थाको आर्थिक प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो भने संस्थाका प्रबन्धक अनिल कुमार थापाले ५ करोड ४८ लाख २४ हजार ५सय ६ रुपैया बरावरको आयव्याय प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष महेस भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष तिलक प्रसाद श्रेष्ठले र कार्यक्रमको सञ्चालन सचिव नेत्र प्रसाद पाण्डेले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
१ हप्ता अगाडि
वालिङ : नवौँ वालिङ महोत्सव हिजोदेखी सकिएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित वालिङ…


