कागतीको जुस,अचार र विरुवा बनाउँदै २२ बर्षे प्रदिप पाण्डेय

pradip_pandey_tanel

गोपिकृष्ण रेग्मी/ स्याङजा :
स्याङजाको गल्याङ नगरपालिका वडा नं.२ रैवारका २२ बर्षीय प्रदिप पाण्डेय यतिबेला पढाइ सँगसँगै कृषि पेशामा व्यस्त हुनुहुन्छ । स्नातक पढदै गरेका पाण्डेयले जगत्रदेवी विरुवा उत्पादन तथा बिक्रि केन्द्र नामक कृषि फर्म दर्ता गरि कागतीको शतप्रतिशत अर्गानिक जुस,अचार र विरुवा उत्पादन गरिरहनु भएको छ । झण्डै १ रोपनी क्षेत्रमा प्रत्येक बर्ष १ लाख कागतीको विरुवा उत्पादन गर्ने लक्ष्य राखेका पाण्डेयल बताउनु भयो । उहाँले एभोकाडो र टमाटर खेती पनि संगै गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस केन्द्रबाट जसले विरुवा किनेर लैजान्छ र प्राविधिक रोहवरमा विरुवा लगाउछ उसको विरुवा मरेमा निशुल्क अर्को विरुवा उपलब्ध गराउने गरेको छु ।” कागतीको अचार र जुस सेवनले पिनास रोगको समेत उपचार हुने हुदा कागतीको अचार विक्री बढी भइरहेको पाण्डेयको भनाई छ ।
कृषि ज्ञान केन्द्र स्याङजाबाट ६ लाख ७७ हजार अनुदान सहयोग पाएका पाण्डेयले करिब २० लाखको लगानीमा फलामको पोलमा प्लास्टिक टनेल बनाई विरुवा उत्पादन गरिरहनु भएको छ । पाल्पा र स्याङजा पेलाकोट सिरांैसाका विभिन्न स्थानबाट कागती मगाइ अचार,जुस तथा विरुवा जमाइ राखेको पण्डेयले जानकारी दिनुभयो । पहिले तरकारी खेती ,टमाटर खेती गर्दै आएको बताउदै पाण्डेयले फलफुलका विरुवा नगरपालिका वा गाउँपालिका मार्फत कृषकहरुका घरघरमा पुुुर्याउन सकेमा दीगो रुपमा विरुवा उत्पादन तथा विक्रि गर्ने वातावरण तयार हुने उहाँको भनाइ छ ।

Facebook Comments Box
TOP