श्रीमतीकाे कुटाइबाट श्रीमानको मृत्यु
बलेवा : बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमान्को मृत्यु भएको छ ।
सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् । माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कुटेका थिए ।
कुटपीटको क्रममा श्रीमती जमुना विकले धकेल्दा टाउँकोमा चोट लागेर रविलाल घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्रीमान् श्रीमतीबीच सधैँजसो सामान्य विषयमा पनि भनाभन हुने गरेको र बिहीबार रविलालले कुटपिट गरेपछि जमुनाले धकेल्दा घरको भित्तामा ठोक्किँएर मृत्यु भएको भन्दै स्थानीयवासीले आज बिहान प्रहरीचौकी बोङगादोभानमा खबर गरेका थिए । मृत्यु भएका रविलालको शव परीक्षणको लागि बुर्तिवाङ स्वास्थ्यचौकीमा राखिएको छ । घाइते जमुनालाई उपचारको लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याइएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक सुरज खड्काले बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


