नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिका निर्वाह गर्छु : प्रहरी प्रमुख स्याङजा

:प्रहरीले आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्नका लागि गृह मन्त्रालयको मातहतमा रहेर काम गर्ने गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङजाको प्रमुखमा प्रहरी उपरीक्षक जनार्दन जिसी हुनुहुन्छ। जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफू लागि परेको एसपी जीसी बताउनुहुन्छ। जीसी सरुवा भएर स्याङजा आएको धेरै भएको छैन। हाल समाजमा घटिरहेका अपराधिक क्रियाकलाप रोक्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्याक्तिको सुरक्षा गर्ने तथा चुलिदैं गएको ट्राफिक समस्या समाधान गर्ने जिम्मेवारी पाएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीसँग नेपाल समाचारपत्र पत्रकार अमृत अर्यालले शान्ति सुरक्षा र अन्य गतिविधिसंग सम्बन्धित रहेर अमृत अर्यालले गर्नुभएको कुराकानीको सम्पादित अंश:

१. एसपी साव आराम हुनुहुन्छ ? स्याङजाको प्रहरी प्रमुख भएर आउनुभएको छ । स्याङजाको सुरक्षा चुनौती कस्तो पाउनु भएको छ ?

धन्यवाद , आरामै छु । मुलत: जिल्लाको समग्र शान्तिसुरक्षा कायम राख्नु, अपराध रोकथाम, नियन्त्रण एवं अनुसन्धान नै प्रहरीको जिम्मेवारी भएको कुरा सवैलाई विदितै छ । चुनौतिको कुरा गर्दा स्याङ्जा जिल्लाको  विगतको अपराधिक तत्थ्याङक हेर्दा एकातिर वलात्कार, ज्यान, लागुऔषध जस्ता परम्परागत अपराधहरूको चुनौती त छदैं छ, यसको अलावा आधुनिक प्रविधिसँगै भित्रिएका सामाजिक सञ्जालको दुरूपयोग जस्ता Emerging अपराधहरूको चुनौती पनि दिनानुदिन वृद्धी भईरहेको छ । त्यस्तै २०७५ साल भाद्र १ गते देखी लागु भई कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले निषेध गरेका वालविवाह, वहुविवाह,मानव वेचविखन , घरेलु हिंसा,साईवर अपराध जस्ता विषयहरूमा आम जनमानसमा सचेतना बढाउनु पर्ने पनि छ । हामी “Visit Nepal 2020” को पूर्वसन्ध्यामा छौं, नेपालका प्रमुख पर्यटकिय स्थल लुम्विनी र पोखरामा अन्तराष्ट्रिय विमानस्थलहरू निर्माणाधिन अवस्थामा छन् जसलाई जोड्ने एकमात्र सिद्धार्थ राजमार्ग यस जिल्ला वारपार भई जाने हुँदा सो राजमार्गको सुरक्षा तथा सो राजमार्गसँग जोडिएका अन्य सहायक मार्गहरू समेतमा राजमार्ग सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र अन्य अपराधहरूको रोकथाम समेत गरी “Visit Nepal 2020” लाई सफल पार्ने  दायित्व पनि छ ।

२. तपाईको सुरक्षा रणनीतिमा के- के प्राथामिकतामा छन् ?

  • माथि उल्लेखित चुनौती रोक्नको लागि जिल्लामा अपराध रोकथाम गरी शान्तिसुरक्षा कायम गर्नु, प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कानुनी दायरामा ल्याउनु तथा दण्डहिनताको अन्त्य गर्नको लागि योजनाबद्ध र रणनैतिक तरिकाबाट वलात्कार, हत्या, लागुऔषध,ठगी, चोरी जस्ता परम्परागत अपराध तथा आधुनिक प्रविधिसँगै भित्रिएका सामाजिक सञ्जालको दुरूपयोग जस्ता Emerging अपराधहरू रोक्नु, सवारी दुर्घटना न्यूनीकरण गर्नु, फरार अभियुक्तहरूलाई पक्राउ गर्नु, अवैध लागुऔषध उत्पादन, सेवन, ओसार-पोसार तथा वेचविखन नियन्त्रण गर्नु जस्ता प्रमुख कार्यहरू गरीनेछ साथै समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत माथि उल्लेखित अपराधहरूको सम्बन्धमा प्रभावकारी रूपमा कानूनी सचेतनामूलक कार्यक्रमहरूलाई संचालन गर्नुका साथै  नागरिक र प्रहरी वीचको समन्वयात्मक भूमिका थप रचनात्मक र प्रभावकारी बनाईने छ ।

प्रहरीले पेशागत धर्म निभाउँदा वाह्य दबाब र प्रभावको कुनै अर्थ रहँदैन किनकि प्रहरीले कानुनद्वारा निर्दिष्ट परिधिभन्दा बाहिर गई कुनै कार्य गरेमा दण्डनीय हुने गरी कानुनले नै उत्तरदायी र जवाफदेही बनाएको छ। प्रहरीको परीक्षा हर क्षण, हर दिन हुन्छ र हर क्षणको परीक्षामा पास अनिवार्य छ र हामीलाई फेल हुने सुविधा नै छैन।

  • त्यसैगरी  आन्तरिक शुद्धिकरण अभियान, भ्रष्टाचारमा शून्य शहनशिलता कायम राखि प्रहरीको व्यवहार र आचरणमा सुधार गरी नागरिक मैत्री प्रहरी सेवा प्रदानलाई समेत प्रमुख प्राथमिकतामा राखेको छु ।
  • सदरमुकाम लगायतका अन्य बजार एरियाहरूमा वस्ति विस्तारसँगै बढेका बैंक, वित्तिय संघ-संस्था, सुन-चाँदी पसलहरू तथा त्यस्ता स्थानको परम्परागत निग्रानीलाई प्रविधियुक्त बनाउन CCTV लगायतको आधुनिक प्रविधि प्रयोगमा भैरहेको पहललाई स्थानिय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी प्रभावकारी रूपमा विस्तार गरीदैं लगिने छ ।

३. स्याङजामा विशेष गरेर अवैध रुपमा लागुपदार्थको ओसारपसारको पनि समस्या छ । लागुपदार्थ ओसार पसार नियन्त्रण गर्न यसै निकायवाट पनि विभिन्न काम भए । तपाईले यो कार्यलाई  नियन्त्रण गर्न के गर्नुहुन्छ ?

  • एकातिर लागुऔषधको सेवन,उत्पादन, ओसार-पोसार तथा विक्रिवितरण आफैमा ठूलो अपराध हो भने अर्कोतर्फ यसको सेवनले चोरी, कुटपिट, वलात्कार, हत्या जस्ता अपराधहरू घटाउन सक्ने अवस्था रहन्छ ।
  • गाउँ-गाउँमा प्राकृतिक रूपमा उम्रिएका गाँजा, चरेसहरूको नष्ट गरीने अभियानलाई तिव्र बनाईएको छ, “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम शुरू भए यस जिल्लाको  बिभिन्न स्थान र मितिमा अं. ८१२ रोपनी जग्गामा १,२५४३१ गाँजाका बोटहरू नष्ट गरीसकिएको  साथै गाँजा, चरेस तथा कृतिम लागुऔषधको ओसार-पसार तथा बिक्रिवितरणलाई रोकथाम गर्न विशेष योजनाका साथ प्रहरी परिचालन गरीनेछ ।
  • आफ्ना आफन्तहरू लागुऔषधको दुर्व्यसनमा रहेको पहिलो जानकारी अभिभावक वा समाजलाई रहन्छ तर परिवार वा समाजले यस्ता कुराहरूलाई सामान्य ठानी लुकाउँदा झन जटिल बन्ने हुँदा व्यक्ति, समाज र राष्ट्रलाई समेत गम्भिर असर पर्दछ । यस्ता अपराधको  पहिलो सूचनाको श्रोत परिवार वा समाज नै हो तसर्थ लागुऔषध विरूद्धको अभियान प्रहरी,स्थानिय प्रशासन, नागरिक समाज, स्थानिय तह लगायत प्रत्येक सचेत नागरिकको संयुक्त दायित्व रहन्छ । तसर्थ “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम मार्फत प्रभावकारी रूपमा लागुऔषध प्रयोगका प्रभाव, असर र कानूनी व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरीनेछ । 

४.जिल्लाका प्रहरी प्रमुखलाई राजनीति रुपमा विभिन्न दवाव तथा प्रभाव आउछ रे नि ?

जिल्लामा घटेका घटनाहरूको सम्बन्धमा आम नागरिक तथा राजनीतिक व्यक्तित्व लगाएत जो कोहीले पनि जिज्ञाशा राख्नु स्वभाविकै हो तर जिज्ञाशालाई नै दवावको रूपमा बुझ्ने भन्ने होईन । अपराध रोकथाम नियन्त्रण एवं अनुसन्धान कार्य प्रहरीको लहडमा हुने नभई विधिसम्मत हुने हुन्छ । प्रहरीले पेशागत धर्म निभाउँदा वाह्रय दवाव र प्रभावको कुनै अर्थ रहँदैन किनकि प्रहरीले कानूनद्धारा निर्दिष्ट परीधि भन्दा बाहिर  गई कुनै कार्य गरेमा दण्डनिय हुने गरी कानूनले नै उत्तरदायी र जवाफदेही बनाएको छ । प्रहरीको परीक्षा हर क्षण, हर दिन हुन्छ र हर क्षणको परिक्षामा पास अनिवार्य छ र हामिलाई फेल हुने सुविधा नै छैन ।जिल्लाका प्रहरी प्रमुखलाई राजनीति रुपमा विभिन्न दवाव तथा प्रभाव आउछ रे नि ?

जनार्दन जीसी,
प्रहरी उपरीक्षक,
प्रमुख, जिल्ला प्रहरी कार्यालय, स्याङ्जा

५.प्रहरीले संचालन गरिरहेको “ प्रहरी मेरो साथी” प्रभावकारी देखिएन भन्ने छ, तपाईको कार्यक्रममा यहाँका जनताले त्यो महशुस गर्न पाउँछन् ?

  • “प्रहरी मेरो साथी” प्रभावकारी देखिएन भन्ने होईन, संगठनको स्थापनाकाल देखी नै नागरिक-मैत्री कार्यक्रमहरू सञ्चालन हुँदै आईरहेको व्यहोरा विदितै छ, सोही क्रममा “जनतासँग प्रहरी” “प्रहरी  मेरो साथी”, “मुस्कान सहितको प्रहरी सेवा” जस्ता अवधारणाहरू प्रहरीले तत्काल सञ्चालनमा ल्याएका हुन्, हालको संघीय संरचना अनुरूप यस्ता कार्यक्रमलाई समय सापेक्ष प्रभावकारी बनाउन मिति २०७५ साल कार्तिक ११ गते देखि “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम संचालनमा आईरहेको छ । यो कार्यक्रम संचालन गर्नेमा स्याङ्जा जिल्ला प्रहरी कार्यालय ७७ रै जिल्लामा नै अग्र स्थानमा रहेकोले यो कार्यक्रम आम जनमानसमा प्रभावकारी देखिएकै छ, “समुदाय-प्रहरी साझेदारी” कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने स्थानिय प्रशासन, स्थानिय तह, समुदाय-प्रहरी जिल्ला समिति/पालिका समिति/ वडा समिति/ टोल समिति, पत्रकार, कलेज तथा विद्यालय , सरकारी तथा गैह्र-सरकारी संघ-संस्थाहरू, क्लव तथा आमा समुहहरू तथा आम स्याङ्जाबासीहरू लाई धन्यवाद पनि दिन चाहन्छु साथै आगामी दिनहरूमा पनि यो सहकार्य कायमै राख्न सबैमा अनुरोध समेत गर्दछु ।

६.स्याङजाका जनता तथा विभिन्न पेशागत व्याक्तिहरुले तपाईवाट के अपेक्षा गर्ने ?

  • अहोरात्र खटिई अपराध रोकथाम तथा नियन्त्रणको लागि कानूनी कठोरता अपनाईने हुँदा आम नागरिक तथा विभिन्न पेशागत व्यक्तिहरूले शान्ति सुरक्षा अमनचयनको अनुभुति गर्नु हुनेछ । भन्ने गरिन्छ नि “सबै नागरिक वर्दि बिनाका प्रहरी हुन् र सबै प्रहरी वर्दीका नागरिक हुन्” अर्थात शान्तिसुरक्षा भन्ने विषय कुनै एक पक्षको मात्र सरोकारको विषय हुँदैन । अपराधमुक्त समाजको निर्माण सबैको साझा दायित्व हो , अपराध समाजमै हुन्छ, पीडित र पीडक समाजकै सदस्य हुन्छन तसर्थ सूचनाको पहिलो श्रोत पनि समाज नै हुन्छ यसर्थ कुनैपनि  सम्भावित घटना वा घटित अपराधको सूचनाको अपेक्षा प्रहरीले पनि आम नागरिक तथा पेशागत व्यक्तिहरूबाट राख्दछ ।

 .प्रहरीले अनुसन्धान गर्न चाहँदा जे पनि गर्न सक्ने, नचाहेपछि केहि पनि नहुने भन्ने वुझिन्छ । वास्तविकता के हो ?

  • यो वास्तविकता नबुझिकन सतही रूपमा प्रहरीलाई लाग्ने आरोप हो । अनुसन्धान  भन्ने विषय दुई र दुई जोड्दा चार हुने भनेको जस्तो अंकगणितिय हिसाव होईन । अपराधिक घटना, अपराधको प्रकृति, परिस्थिती, प्राविधिक जटिलता जस्ता विविध कुराले गर्दा कुनै अनुसन्धान छिटो टुङ्गिने र कुनै अनुसन्धान लामो समय पछि मात्र टुङ्गिने हुन्छ । केहि व्यक्तिहरूमा न्याय कानून बमोजिम प्राप्त हुने भन्दा पनि आफू अनुकुल न्याय पाउनु पर्ने र सोही अनुरूपको अनुसन्धान हुनु पर्छ भन्ने प्रवृत्ति एकाध घटनामा देखिएको हुँदा यस्ता आरोप लागेका हुन् ।

८.थोरै व्याक्तिगत कुरा गरौ, तपाई प्रहरीमा कसरी आउनुभयो ?

  • म कानूनको विद्यार्थी भएकोले कानून सम्वद्ध कुनै न कुनै पेशामा आवद्ध  हुनु स्वभाविकै थियो, संयोग र सौभाग्य यही थियो की कानूनी अभ्यासको क्रममा २०५४ सालमा खुलेको नेपाल प्रहरीको विज्ञापनले डो-याई आज तपाईहरूको माझमा छु ।

९.अन्त्यमा पव्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

  • “सबै नागरिक वर्दि बिनाका प्रहरी हुन् र सबै प्रहरी वर्दीका नागरिक हुन्” । अपराध समाजमै हुन्छ, पीडित र पीडक समाजमै हुन्छन् र सूचना पनि समाजमै हुन्छ ।  शान्तिसुरक्षा र अपराधमुक्त समाजको निर्माण हामी सबैको साझा दायित्व हो । यसर्थ कुनैपनि  सम्भावित घटना वा घटित अपराधको सूचनाको  जानकारी, राय सुझाव र सहकार्यको लागि आम नागरिकहरूलाई अनुरोध गर्दछु ।

         साथै “समुदाय-प्रहरी साझेदारी” कार्यक्रमलाई अझ बढी प्रभावकारी र परिणाममुखी बनाउने अभियानमा सरोकारवाला निकाय र आम जिल्लावासीलाई सक्रिय सहभागि एवं सहयोगको लागि समेत आग्रह गर्दछु ।

Facebook Comments Box
TOP