भारतको अष्ट्रेलिया विरुद्ध लज्जास्पद हार
अष्ट्रेलिया विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ । मंगलबार राति मुम्बईमा भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो ।
भारतले दिएको २ सय ५६ रनको विजयी लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा बिना कुनै विकेटको क्षति क्षतिमा पूरा गर्यो ।
डेभिड वार्नर र आरोन फिन्चले नटआउट इनिङ खेले । वार्नरले १ सय २८ र अविजित १ सय १० रन बनाए । टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९.१ ओभरमा अलआउट हुँदै २ सय ५५ रन बनाएको थियो । शिखर धवनले ७४, लोकेश राहुलले ४७ र ऋषब पन्तले २८ रन बनाए ।
जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो खेल १७ जनवरीमा राजकोटमा खेलिने छ ।
अष्ट्रेलियाले भारत विरुद्ध अहिलेसम्मकै फराकिलो जित निकालेको हो । अहिलेसम्म अष्ट्रेलियाले भारतलाई १० विकेटले हराएको थिएन ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


