भारतको अष्ट्रेलिया विरुद्ध लज्जास्पद हार

अष्ट्रेलिया विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ । मंगलबार राति मुम्बईमा भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो ।

भारतले दिएको २ सय ५६ रनको विजयी लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा बिना कुनै विकेटको क्षति क्षतिमा पूरा गर्यो ।

डेभिड वार्नर र आरोन फिन्चले नटआउट इनिङ खेले । वार्नरले १ सय २८ र अविजित १ सय १० रन बनाए । टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९.१ ओभरमा अलआउट हुँदै २ सय ५५ रन बनाएको थियो । शिखर धवनले ७४, लोकेश राहुलले ४७ र ऋषब पन्तले २८ रन बनाए । 

जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो खेल १७ जनवरीमा राजकोटमा खेलिने छ । 

अष्ट्रेलियाले भारत विरुद्ध अहिलेसम्मकै फराकिलो जित निकालेको हो । अहिलेसम्म अष्ट्रेलियाले भारतलाई १० विकेटले हराएको थिएन । 

Facebook Comments Box
TOP