हिन्दुत्वहरु एकजुट हुन आव्हान


श्रीकृष्ण सिग्देल/स्याङ्जा :

विश्व हिन्दु महासंघ नेपालले मुलुकका सबै हिन्दुत्वहरु एकजुट हुने बेला आएको बताएका छन् । संघिय गणतन्त्रात्मक मुलुक नेपाल भएपछि हिन्दु धर्म हटाएर धर्म निरपेक्ष कायम गरेपछि महासंघले यो आव्हान गरेको हो । विश्वहिन्दु महासंघ नेपाल जिल्ला शाखा स्याङ्जाले आयोजना गरेको चापाकोट नगर अधिबेसनमा बोल्ने बक्ताहरुले हिन्दुत्वहरु एकजुट नभएसम्म मुलुकलाई हिन्दु सापेक्ष बनाउन नसकिने बताएका छन् । जिल्लाका ११ तहमा विश्वहिन्दु महासंघ गठन गर्ने अभियानका साथ अगाडी बढेको समितिले चापाकोट नगरपालिकामा नगर समिति गठन गरेको छ । समिति गठन पनि आन्दोलनको स्वरुप लिएको महासंघले चापकोटमा टुकराज पाठको अध्यक्षतामा ६७ सदस्यीय नगर समिति गठन गरेको जिल्ला अध्यक्ष हरीहर पाण्डले बताउनुभयो । पहिलो चरण जिल्लाका स्थानीय तहमा समिति गठन गर्दै हरेक वडा—वडामा पुग्ने तयारी रहेको अध्यक्ष पाण्डेले बताउनु भयो ।
समिति गठनमा चापाकोट नगर प्रमुख शिवकुमार गिरीले जनताको भावना विपरीत धर्म निरपेक्षता राख्दा जनताको भावना नसमेटिएको बताउनु भयो । स्वतन्त्र रुपले मान्दै आएको हिन्दुधर्मलाई हटाएर धर्म निरपेक्षता कायम भएकोले हिन्दु सापेक्ष बनाउन सबै एकजुट हुनुपर्ने गिरीले बताउनु भयो । नगर भित्र विभिन्न बहानामा इसाई धर्मको प्रचार प्रसार भएको थाहा हुन आएको छ नगर प्रमुख गिरीले भने,“ढाटेर जनतालाई इसाई धर्ममा लाग्ने वातावरण नहोस ।” नगरवासीको इच्छा विपरीत विभिन्न वहाना बनाएर इसाई धर्म मान्ने वातावरण सिर्जना भएमा स्थानीय सरकार कारवाहि गर्न पछि नहट्ने गिरीले बताउनु भयो । २०७७ असोज सम्म जिल्लाका सबै स्थानीयतहमा समिति गठन प्रक्रिया गर्ने गरी अगाडी बढेको विश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङ्जाले अहिले सम्म वालिङ र चापाकोट गरी २ नगरपालिकामा नगर समिति गठन गरेको छ ।
मुलुकमा हिन्दु सापेक्ष नहुदा सम्म हाम्रो यो अभियान देशभरी जारी रहने महासंघका केन्द्रिय सदस्य पण्डित नेत्रप्रसाद पराजुलीले बताउनु भयो । विभिन्न धार्मिक संघ संगठनलाई गोलबद्ध गर्दै अगाडी बढ्ने महासंघको योजना रहेको छ केन्द्रिय सदस्य पराजुलीले भने,“जसरी भएपनि नेपाललाई हिन्दु धर्म गराएरै छाड्ने छौं ।” देशभरीका हिन्दु धर्मालम्वीहरुको माग मुलुकलाई हिन्दु सापेक्ष बनाईयोस भन्ने माग हो पराजुलीले भन्नुभयो । विदेशीको इसारामा आएको धर्म निरपेक्ष नेपाली जनता मान्न तयार नभएको पराजुलीले बताए । स्याङ्जामा पछिल्लो समय विश्वहिन्दु महासंघले आफ्ना गतिविधिहरुलाई चलायमान गराउदै आएको छ । धर्म निरपेक्षता र सापेक्षताका बिषयमा समेत बहस चलाउदै आएको छ ।

Facebook Comments Box
TOP