हरिनास वालविवाहको घटना : वालविवाह गर्ने र गराउने तीनै जना धरौटीमा छुटे

आँधीखोला खबर/स्याङ्जा :
वालविवाहको आरोपित ३ जना धरौटीमा छुटेका छन । वालविवाह गर्ने र गराउने ३ जना जनही ५०/५० हजार रुपैंया धरौटी वापतको रकम बुझाएर तारेखमा छुटेका हुन । हरिनास गाउँपालिकाका २७ बर्षे सन्तबहादुर राना, ४६ बर्षिया सुना राना र ६४ बर्षे बेलबहादुर रानाले जनही ५०/५० हजार रुपैंया धरौटी वापतको रकम जिल्ला अदालतबाट माग भएपछि उनीहरुले सो रकम बुझाएर तारेखमा रिहा भएका हुन । एक बालिकालाई फकाई फुल्याई विहे गर्न लागेका बेला बालिकाले विहे नगर्ने इच्छा गरेपछि विवाह रोकिएको थियो । बालिकाको खवर पाएपछि प्रहरीले विहे गराउन संलग्न ३ जनालाई पक्राउगरी बालविवाह सम्बन्धी मुद्धामा अदालतमा पेश गरिएको प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…