हरिनास वालविवाहको घटना : वालविवाह गर्ने र गराउने तीनै जना धरौटीमा छुटे
आँधीखोला खबर/स्याङ्जा :
वालविवाहको आरोपित ३ जना धरौटीमा छुटेका छन । वालविवाह गर्ने र गराउने ३ जना जनही ५०/५० हजार रुपैंया धरौटी वापतको रकम बुझाएर तारेखमा छुटेका हुन । हरिनास गाउँपालिकाका २७ बर्षे सन्तबहादुर राना, ४६ बर्षिया सुना राना र ६४ बर्षे बेलबहादुर रानाले जनही ५०/५० हजार रुपैंया धरौटी वापतको रकम जिल्ला अदालतबाट माग भएपछि उनीहरुले सो रकम बुझाएर तारेखमा रिहा भएका हुन । एक बालिकालाई फकाई फुल्याई विहे गर्न लागेका बेला बालिकाले विहे नगर्ने इच्छा गरेपछि विवाह रोकिएको थियो । बालिकाको खवर पाएपछि प्रहरीले विहे गराउन संलग्न ३ जनालाई पक्राउगरी बालविवाह सम्बन्धी मुद्धामा अदालतमा पेश गरिएको प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


