हाम्रो बहुउद्धेश्यीय सहकारी : उत्पादन बिना समृद्धि सम्भव छैन – वालिङ नगर प्रमुख खाँण
आँधीखोला खबर/वालिङ :
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले उत्पादन बिना समृद्धिको परिकल्पना गर्न नसकिने भएकाले उत्पादनतर्फ जोडिनु अहिलेको समयको माग भएको बताउनुभएको छ ।
वालिङ १० स्थित हाम्रो बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गर्नुहुँदै नगर प्रमुख खाँणले सहकारीले यहाँको आर्थिक स्तर बृद्धि गर्नका लागि सहयोगीको भूमिका खेल्न सुझाव दिनुभयो ।

“उत्पादनमुखी सहकारी तथा संघसंस्थाहरुलाई नगरपालिकाले आवश्यक तालीम तथा नगरपालिका जमानी बसेरै भएपनि सहयोग गर्छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “सहकारीका सिद्धान्तभित्र रहेर अगाडि बढ्नुहोस् नगरपालिकाले कारबाहीभन्दा पनि सकारात्मक सहयोग गर्ने गरी अगाडि बढ्छौं ।”

कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष अनन्तराज गैह्रे, शिक्षासेवी मुक्तिप्रसाद सुबेदी, समाजसेवीहरु पिताम्बर श्रेष्ठ, सीताराम अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष मेघराज गैह्रेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष केशबराज भट्टराईले र सञ्चालन सचिव नासिर खाँले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


